नेकपा अध्यक्ष प्रचण्डलाई एनापोलिसमा स्टेट डेलिगेट भण्डारीद्वारा स्वागत

तस्वीर सौजन्य: गंगा दाहालको फेसबुक

नेकपा अध्यक्ष प्रचण्डलाई एनापोलिसमा स्टेट डेलिगेट भण्डारीद्वारा स्वागत

अमेरिका भ्रमणमा रहेका नेकपा अध्यक्ष प्रचण्डले सोमबार मेरिल्याणड राज्यको राजधानी एनापोलिसको भ्रमण गरेका छन्।उनले त्यहाँ राज्य संसदको अवलोकन गरेका छन्।

अध्यक्ष प्रचण्डलाई त्यहाँ मेरिल्याण्ड राज्यका नेपाली मुलका स्टेट डेलिगेट ह्यारी भण्डारीले स्वागत गरेका थिए। 


अध्यक्ष प्रचण्डले अमेरिकामा एक नेपाली युवाले हासिल गरेको मानक उपलव्धीको सम्मान गर्न आफू एनापोलिस पुगेको बताएका छन्। उनले भण्डारीको उपलव्धीलाई असाधारण उपलव्धी भन्दै अमेरिकामा सबै नेपालीलाई उहाँलाई साथ र सहयोग गर्न पनि आग्रह गरेका छन्। 

अध्यक्ष प्रचण्डसँग पत्नी सीता र छाेरी गंगाका अतिरिक्त अमेरिकाका लागि नेपाली रादजूत डा. अर्जुनकुमार कार्की पनि भ्रमणमा सँगै थिए।

प्रकाशित मिति: : 2019-03-26 01:47:05

प्रतिकृया दिनुहोस्