बीएल फलोअप : अमेरिकामा प्रचण्डले भेट्न पाएनन् उपराष्ट्रपतिलाई : भेटे सहायक विदेशमन्त्रीलाई

तस्वीर सौजन्य: गंगा दाहालको फेसबुक

अमेरिका भ्रमणमा रहेका नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँग भेट गर्न चाहे पनि त्यो सम्भव भएन। उनले अमेरिकाको दक्षिण तथा मध्यएशिया हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री एलिस जी वेल्ससँग भने भेट गरेको समाचार सार्वजनिक भएको छ।

प्रचण्डसँगै भ्रमणमा रहेकी र उनको स्वकीय सचिवरमेत रहेकी छोरी गंगा दाहालले फेसबुकमा तस्वी सार्वजिक गर्दै भेटघाटको पुष्टी गरेकी छिन्।

उनका अनुसार भेटघाटको क्रममा अध्यक्ष प्रचण्डले नेपालले शान्ति प्रक्रियालाई एतिहासिकरुपमा सम्पन्न गरेकाे र द्वन्दकाे रुपान्तरणबाट उल्लेख्य उपलब्धी हासिल गरेको बताएका थिए। उनले नेपालकाे पछिल्लाे राजनीतिक अवस्थाकाे बारेमा चर्चा गर्दै नेपालले दीर्घकालिन शान्तिसँगै समृद्धि र विकासकाे स्थायी यात्रातर्फ अघि बढेकाे पनि बताए।

अध्यक्ष प्रचण्डले नेपालकाे विकासमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिदै थप सहयाेगकाे अपेक्षा पनि गरेका थिए।

भेटघाटका क्रममा अमेरिकी कार्यबहाक सहायक विदेशमन्त्री वेल्सले नेपालकाे शान्ति प्रक्रियाकाे उच्च प्रशंसा गरेकी थिइन्। उनले नेपालकाे विकास र स्थायी शान्तिका लागि अमेरिकाले सहयाेग गर्दै आएकाे र भविष्यमा थप सुमुधुर सम्बन्ध विकास गर्न चाहेको पनि बताइन्।

यसअघि अध्यक्ष प्रचण्डले नेपालका लागि पूर्वअमेरिकी राजदूत डेलिसीसँग भेटघाट गरेका थिए।

प्रकाशित मिति: : 2019-03-25 22:37:17

प्रतिकृया दिनुहोस्