प्रचण्डको रिट्विट गरेको स्रोत नै गलत : सामाजिक सञ्जालमा दोहोरी यथावत्

बीएल

नेकपा अध्यक्ष प्रचण्डको अमेरिका भ्रमणका बारेमा सामाजिक सञ्जाल ताते पनि सूचनाहरूको सहज पहुँच भने छैन।उनका बारेमा विश्वसनीय/अविश्वसीय दुबै खाले खबरहरू सुनिन्छन् तैपनि तिनीहरूका बारेमा आधिकारिक प्रतिक्रिया दिन स्रोतहरू उपलब्ध छैनन् ।

यसैबीच प्रचण्डकै आधिकारिक ट्विटर हेण्डिलबाट एक समाचार रिट्विट भएको छ। सफल खबर नामक एक अनलाइनले सम्प्रेषण गरेको 'प्रचण्डलाई अमेरिकामा नेपाली समुदायद्वारा भव्य स्वागत' शीर्षकको समाचार रिट्विट भएको हो ।

तर, समाचारमा उल्लेख भएजस्तो अमेरिकामा प्रचण्डलाई भव्य स्वागत गरिएको छैन। सामाजिक सञ्जालमा उनको भ्रमणलाई लिएर दोहोरी भने राम्ररी नै चलेको छ। सुरूमा प्रचण्डमाथि धेरै आक्रमण भएको थियो तर अहिले भने उनको पक्षधरहरूले पनि गतिलै बचाउ गरेका छन् ।

पक्ष विपक्षमा नरहेका नेपालीलाई पनि प्रचण्डमाथि भएको आक्रमण बढी नै लाग्न थालेको जस्तो देखिन्छ। उनीहरू पनि प्रचण्डमाथि मानवीय व्यवहार गर्न आग्रह गरेका पोष्ट गर्न थालेका छन्।

प्रचण्डको भ्रमण व्यवस्थापन गरिरहेको भनिएको वासिङ्टन डीसीस्थित नेपाली दूताबासले एक आधिकारिक प्रेस विज्ञप्ती जारी गरी भ्रमहरू चिर्न आवश्यक छ। यो भ्रमणको खर्च र उपचार खर्च सरकारी हो वा हैन ? अमेरिकामा उनको सुरक्षामाथि प्रश्नचिन्ह छ कि छैन ? तीन महिनाका लागि बाल्टिमोरमा अपार्टमेन्ट लिएको हो कि हैन ? अमेरिकाका उपराष्ट्रपति माइक पेन्ससँग शिष्टाचार भेट हुन लागेको हो कि हैन ? यी र यस्तै अनेकौ प्रश्नहरूको उत्तर अमेरिकास्थित नेपाली डायस्पोरालाई चाहिएको छ।

प्रकाशित मिति: : 2019-03-20 06:47:21

प्रतिकृया दिनुहोस्