राष्ट्रिय संकटकालका लागि राष्ट्रपति ट्रम्पद्वारा पहिलो भिटो प्रयोग

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पहिलो भिटो प्रयोग गरेका छन् ।
मेक्सिको सिमामा पर्खाल लगाउन उनले जारी गरेको राष्ट्रिय संकटकालको घोषणा अमेरिकी संसदको तल्लो र माथिल्लो दुबै सदनले अस्वीकार गरेपछि त्यसविरूद्ध उनले भिटो प्रयोग गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा भिटो हस्ताक्षर समारोह नै आयोजना गरे। समारोहपछि मिडियालाई सम्बोधन गर्दै उनले भने- ‘हिजो कंग्रेसले खतरनाक प्रस्ताव पारित ग¥यो र त्यो कानुनमा परिणत भयो भने अशंख्य अमेरिकीलाई जोखिममा लैजाने छ। कंग्रेससँग प्रस्ताव पारित गर्ने स्वतन्त्रता छ र मसँग भिटो प्रयोग गर्ने। यो प्रस्तावमा भिटो प्रयोग गर्दा गर्व लागेको छ ।’
राष्ट्रपति ट्रम्पले दुबै संसदले पास गरेको प्रस्तावलाई रेकलेस (गैरजिम्मेवार) भन्दै प्रस्तावको पक्षमा रहेकाहरूलाई अमेरिकाको सुरक्षाको चिन्ता नभएको आरोप लगाए। उनले भने- राष्ट्रपतिको हैसियतले दलाई जति अमेरिकाको सुरक्षाको चिन्ता अरू कसैलाई छैन। त्यसैका लागि मसँग भिटोको बिकल्प भएन।'

ट्रम्पले सन् २०१७ मा सत्ता सम्हालेयता प्रयोग गरेको यो पहिलो भिटो हो ।

प्रकाशित मिति: : 2019-03-16 02:23:39

प्रतिकृया दिनुहोस्