सिड्नीमा ओसियाना वैठक: एनआरएन जम्बोरी मात्र कि सोधिन्छ घलेलाई प्रश्न पनि ?

भाटभटेनीका गुरूङसँग सौदावारी गरेर एनआरएन भवनमा सारा एनआरनलाई डुबाउने महामहिम उहाँ नै हुनुहुन्छ!

गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घलेको देश अष्ट्रेलियाको सिड्नीमा तेस्रो ओसिनिया क्षेत्री वैठक आयोजना हुदैछ। 

शनिबार र आइतबार आयोजना हुने दुईदिने बैठकमा नेपालका कानुनमन्त्री भानुभक्त ढकालदेखि अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोलम्यानसम्म विशेष अतिथि रहेका छन्। बैठकमा एनआरएनका केन्द्रीय नेताहरूका अलावा ओसिनिया क्षेत्रका प्रतिनिधिहरूको ठुलो सहभागिता हुने अपेक्षा गरिएको छ। 

‘समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि’ नारा तय गरिएको बैठकको थिम ‘इन्भेस्टमेन्ट, इनोभेसन र टुरिजम’ तय गरिएको छ। यसैमाथि विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने र सहभागीहरूले बहस गर्ने बताइएको छ। 

एनआरएनमा यस्ता वैठकको अन्तत श्र्ंखला छन्। खासगरी धनाढ्य एनआरएनको छुट्टि मनाउने र वुद्धिविलास गर्ने जम्बोरीका रूपमा यस्ता बैठक आयोजना हुने गरेका छन्। यो पनि त्यस्तै श्रृंखलाको पछिल्लो कडीका रूपमा सिड्नी जम्बोरीकै रूपमा रहने हो वा त्यो भन्दा फरक हुन्छ ? त्यसबारेमा अहिले नै यसै भन्न सकिन्न।

तर, यसपटक काठमाडौंमा २५ करोड लगानीमा बनाइएको एनआरएन भवन सरकारीकरण हुन लागेको बारेमा प्रश्न उठ्छ कि उठ्दैन ? अहिले सबैको ध्यान त्यसैमा केन्द्रीत छ।भूमाफियाको चंगुलमा परेर भवन र जग्गामा एनआरएनको पैसा डुबाउने मूल व्यक्ति शेष घले र भवन भट्ट दुबै यो वैठकमा सहभागी हुनेछन्। उनीहरूले नै भाटभटेनीका मालिक मीनबहादुर गुरूङसँग सहकार्य गर्दै एनआरएनको जग्गा किनेका थिए। 

 

प्रकाशित मिति: : 2019-05-10 05:00:58

प्रतिकृया दिनुहोस्