न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट,सयभन्दा बढी पर्यटक फसेको आशंका

तस्बिर:एजेन्सी

न्यूजिल्याण्डमा एक ज्वालामुखी बिस्फोट भएको छ। ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट भएको हो। आइल्याण्डमा जब ज्वालामुखी बिस्फोट भयो तब थुप्रै पर्यटक त्यहाँ भएको बताइन्छ ।

सो स्थानमा सयभन्दा बढी पर्यटक फसेको हुनसक्ने आशंका गरिएको बीबीसीले बताएको छ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले उक्त दुर्घटनाको जानकारी दिँदै उक्त स्थानमा कतिजना फसेको भन्नेबारे सही जानकारी नभएको बताएकी छिन्।

स्थानीय मेयरका अनुसार उक्त दुर्घटनामा थुप्रै व्यक्ति घाइते भएको आशंका छ।

ह्वाइट आइल्याण्डमा देशको सबैभन्दा सक्रिय ज्वालामुखी रहेका छन्।

प्रकाशित मिति: : 2019-12-09 10:19:05

प्रतिकृया दिनुहोस्