रूसका विदेशमन्त्री लाभरोभ अमेरिका जाँदै

तस्बिर:एजेन्सी

रूसका विदेश मन्त्री सेर्गेइ लाभरोभले अर्को हप्ता अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको उनका प्रवक्ताले शुक्रबार जानकारी दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सन् २०१७ मा भएको विवादास्पद भेटवार्तापछि अहिले पहिलो पटक विदेशमन्त्री लाभरोभ अमेरिका जान लागेका हुन्।

“यही डिसेम्बर १० तारिखका दिन उनको भ्रमण हुनेगरी तयारी भइरहेको छ,” रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभले भने। उनले भ्रमणका बारेमा थप विवरण दिन चाहेनन्।

सन् २०१७ को मे पछि ट्रम्पको कार्यकालका आफ्ना समकक्षी आएदेखि नै लाभरोेभले अमेरिकी राजधानीको औपचारिक भ्रमण गरेका थिएनन्।

प्रकाशित मिति: : 2019-12-06 18:37:55

प्रतिकृया दिनुहोस्