अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सार्वजनिक सेवा सुधारका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो कदम चालेका छन् । क्यानबेरामा पत्रकारहरूसँग कुरा गर्दै उनले यसले देशको सार्वजनिक क्षेत्रमा धेरै सकारात्मक प्रभाव पार्ने दावी गरे ।
सार्वजनिक सेवालाई प्रभावकारी बनाउन अहिले रहेका १४ विभागलाई बढाएर १८ वटा बनाइएको छ । नयाँ थपिएका चार विभागले फेब्रुअरी १ देखि काम गर्ने निर्णय भइसकेको प्रधानमन्त्री मोरिसनले जानकारी दिनुभयो । थपिएका नयाँ विभागलाई ‘बृहत विभाग’को संज्ञा दिइएको समाचारमा जनाइएको छ । उनका अनुसार शिक्षा, सीप र रोजगार विभाग, भौतिक, यातायात, क्षेत्रीय विकास र सञ्चार विभाग, उद्योग, विज्ञान, उर्जा तथा श्रोत विभाग र कृषि, जल र वातावरण विभाग अहिले थप गरिएको हो ।
उनको यो कदमलाई सार्वजनिक सेवा सुधारका लागि सन् १९८७ देखिको सबैभन्दा ठूलो फड्को मानिएको छ । उनले विभागहरु नयाँ स्थापना गरेपनि मन्त्रीहरु भने फेर बदल गर्ने संभावना कम रहेको श्रोतले जनाएको छ । यो परिवर्तनलाई सामान्य मानिएको छैन । यो अपेक्षा पनि गरिएको थिएन । यो परिवर्तनपछि सवैलाई सहज र सन्तोषजनक सार्वजनिक सेवा प्राप्त हुने विश्वास लिइएको छ ।