फ्रान्समा बाढीपिडितको उद्धार गर्न गएको हेलिकप्टर दुर्घटना, चालक दलका तीन सदस्यको मृत्यु

तस्बिरः एजेन्सी

दक्षिण फ्रान्समा बाढीपिडितको उद्धारका लागि गएको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको छ।

आइतबार राति इसी १४५ को हेलिकप्टर सम्पर्कविहीन भइ मार्सेलीमा दुर्घटना भएको हो। हेलिकप्टर दुर्घटनाको मुख्य कारण कुहिरो रहेको बिबिसीले जनाएको छ।

दक्षिण पूर्वी फ्रान्समा भारी वर्षाका कारण बाढी पहिरोमा परी आइतबार दुई जनाले ज्यान गुमाएका थिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-02 15:30:14

प्रतिकृया दिनुहोस्