क्रोएसियामा डिसेम्बरमा राष्ट्रपति चुनाव

फाइल तस्बिर

क्रोएसिया सरकारले आगामी डिसेम्बर २२ मा राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । अर्को वर्ष संसदको निर्वाचन हुनुअघि हुन लागेको यस निर्वाचनले प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकको लोकप्रियता पनि परीक्षण गर्नेछ ।

हालका बहालवाला राष्ट्रपति कोलिन्डा ग्राबर–किटारोभिकलाई प्रधानमन्त्रीको सत्तारुढ दल एचडीजेडको समर्थन प्राप्त छ, र उनि पनि दोस्रो कार्यकालका लागि उम्मेदवार बन्नेछन् ।

युरोपेली संघको पहिलो महिला सरकार प्रमुख समेत भएकी ५१ वर्षीया पूर्व कुटनीतिज्ञ कोलिन्डा नै चुनावी मतसर्वेक्षणमा अग्रस्थानमा छिन्।

उनिका मुख्य प्रतिस्पर्धीमा पूर्व समाजवादी प्रजातान्त्रिक प्रधानमन्त्री जोरान मिलानोभिक रहेका छन् । साथै यस चुनावमा लोकप्रिय लोकगायक मिरोस्लाब स्कोरो पनि स्वतन्त्र उम्मेदवारका रुपमा रहेका छन् र उनलाई दक्षिणपन्थीहरुको समर्थन प्राप्त छ ।

डिसेम्बरको चुनावमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा आगामी जनवरी ५ मा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको चुनाव हुनेछ ।

क्रोएसियामा राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ र संविधान अनुसार यो पद आलङ्कारिक हो । राष्ट्रपति मुलुकको सेनाको सर्वोच्च कमान्डर रहेका साथै विदेश नीति निर्माणमा राष्ट्रपतिले सहयोग गर्ने प्रचलन छ ।

प्रकाशित मिति: : 2019-11-15 07:47:28

प्रतिकृया दिनुहोस्