बेलायतमा अति जटिल मुद्दा मानिएको ‘ब्रेक्जिट’बारे बेलायत र युरोपेली संघबीच नयाँ सहमति बनेको छ ।
बेलायत र इयूका नेताहरुले नयाँ सहमतिबारे अभिव्यक्ति दिन थालेका छन् । यससँगै युरोपेली संघबाट ब्रिटेन अलग हुने विषयमा सहमति भएको हो । ‘हामीले नयाँ सम्झौता गरेका छौँ, जसले स्थितिलाई नियन्त्रणमा ल्याएको छ,’ जोन्सनले ट्वीटर मार्फत भनेका छन् ।
तर ब्रिटेन र युरोपेली संघ दुबैका संसदले अहिलेको नयाँ सहमतिलाई अनुमोदन गर्नुपर्ने छ । ब्रिटेनको डेमोक्रेटिक युनियनिस्ट पार्टी डियुपीले भने अनुमोदन हुने कुरामा आशंका व्यक्त गरेको छ । साथै आफ्नो सहमति नहुने प्रतिक्रिया पनि दिइसकेको छ ।