फ्रान्सको राजधानी पेरिसमा चक्कु आक्रमण गरि चार जनाको हत्या गरिएको छ । स्थानीय समय अनुसार बिहीवार दिउँसो १ बजे एक पुरुषले केन्द्रीय प्रहरी मुख्यालयबाहिर गरेको आक्रमणमा चारजना अधिकारीको हत्या गरिएको हो ।
प्रहरी युनियनका अधिकारीहरूका अनुसार ती आक्रमणकारी पनि मुख्यालयकै कर्मचारी रहेको र उनलाई प्रहरीले गोली हानी मारिएको छ ।आक्रमणकारीको नाम खुलाइएको छैन।
आक्रमणकारीले चक्कु प्रहार गर्नु पछाडिको उद्देश्य पनि थाहा हुन सकेको छैन।प्यारिसको केन्द्रमा रहेको इल द ला सिटे नामक क्षेत्रलाई अहिले सुरक्षा घेराबन्दी गरिएको छ।
फ्रान्सका प्रधानमन्त्री तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री घटनास्थलको अवलोकन गरेका छन्।फ्रान्सका प्रहरीले देशभरि अधिकारीहरूमाथि हिंसा बढिरहेको र फौजभित्र आत्महत्याको घटना बढिरहेको भन्दै हडताल गरेको एकदिन पछि यो घटना भएको छ।