चिनियाँ प्रधानमन्त्री लि खछ्याङले रुसको तीनदिने औपचारिक भ्रमण गरेका छन् । उनको तीन दिने रुस भ्रमण बुधबार सम्पन्न भएको हो । त्यस भ्रमणका क्रममा द्विपक्षीय सहयोग र समझ्दारीका विषयहरुलाई थप मजबुत बनाउने विषयमा सहमति भएको थियो ।
सो भेटका क्रममा उनले रुसी प्रधानमन्त्री दिमीत्री मेदभेदेभसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यसैगरी उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिष्टाचार भेटगरी दुई देशको आपसी हितका विषयमा वार्ता गरेको थियो ।
चीन र रुसबीच सत्तरी वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यस यता यी दुई देशबीचको सम्बन्ध सदा सुमधुर रही आएको भन्दै आगामी दिनमा पनि आपसी सहयोग, समन्वय र साझेदारिताका माध्यमबाट अघि बढ्ने सहमति त्यस भ्रमणका अवसरमा भएको जानकारी चिनियाँ प्रधानमन्त्री खछ्याङले जानकारी दिए।
दुई प्रधानमन्त्रीबीच सेन्ट पिटस्बर्गमा भएको वार्तामा लगानी र व्यापारका माध्यमबाट पनि दुई देश के कसरी अघि बढ्न सक्छन् भन्ने बारेमा छलफल भएको प्रधानमन्त्री खछ्याङ्ले जानकारी दिए ।गएको करिब नौ वर्षदेखि चीन रुसको एक प्रमुख व्यापारिक साझेदार राष्ट्रका रुपमा रही आएको छ । यस वर्षको सुरुका आठ महिनामा यी दुई देशबीच ७० अर्ब अमेरिकी डलरभन्दा बढीको व्यापार आदानप्रदान भएको बताइएको छ ।