बेलायती प्रधानमन्त्री बोरिस जोनसन (बोजो) विपक्षीहरूको घेराबन्दीमा परेका छन् ।
युरोपेली संघ (ईयू)को सम्मेलन अघि नै मध्य-अक्टोबरमा आम निर्वाचन गर्ने प्रधानमन्त्री बोजोको मागलाई समर्थन नगर्न उनीहरू सहमत भएका हुन् ।
बेलायतमा यतिबेला लेबर, लिबरल डेमोक्र्याट, द स्कटिश न्याशनल पार्टी (एसएनपी) र वेल्सको सोसियल डेमोक्र्याटिक पार्टी प्लाइड कम्री विपक्षमा रहेका छन् । उनीहरूसँग संसदमा ३२० मत छ भने सत्तारूढ गठबन्धनसँग ३१९ मत मात्र रहेको छ ।
उनीहरूले समयअगावै चुनाव गर्ने प्रस्ताव ल्याइए सोमवार हुने मतदान रोक्ने प्रयास गर्नेछन् । यदि त्यो सम्भव नभए सरकारको विरूद्धमा मतदान गर्नेछन् ।
उनीहरू यूके कुनै पनि सम्झौता बिना ईयूबाट बाहिरिने प्रक्रिया "दुर्घटनाग्रस्त" नहोस् भन्ने चाहन्छन् । तर, प्रधानमन्त्री बोजोले भने पार्टीहरूले "असाधारण राजनीतिक गल्ती" गरेको बताएका छन् ।
बेलायतमा ब्रेक्जिटले सत्तामा ल्याएका बोजोलाई ब्रेक्जिटले नै फेरि किनारा लगाउनेजस्तो देखिएको छ । उनी एकपछि अर्को गरेर विकल्पहिन अवस्थामा पुगेजस्तो देखिएको छ ।