बेलायती प्रधानमन्त्री 'बोजो' लाई चौथो झड्का : बच्यो राजीनामाको विकल्प

बोजो: ओरालो लागेको हरिणको चाल भयो .. । तस्बिर : रोयटर्स

बेलायती ट्र्म्पका रूपमा परिचय बनाइरहेका ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनलाई संसदमा दोहोरो धक्का लागेको छ । उनले आउँदो अक्टोबर १५ मा मध्यावधि चुनाव गराउन राखेको प्रस्ताव र बिना सम्झौता ब्रेक्जिट योजना दुबै संसदले अस्वीकृत गरिदिएपछि उनलाई यस्तो धक्का लागेको हो। 

उनको मध्यावधि चुनावसम्बन्धी प्रस्तावको पक्षमा २९८ र विपक्षमा ५६ सांसद उभिए । प्रमुख विपक्षी दलका सांसद मतदानमा भाग लिएनन् । प्रधानमन्त्रीलाई दुई तिहाइ बहुमत जुटाउन ४३४ मत आवश्यक थियो ।
यसअघि सांसदहरुले बिना कुनै सम्झौता बेलायतले युरोपेली संघ छाड्न नहुने (नो डिल) ब्रेक्जिटको विपक्षमा मतदान गरेका थिए । मतदानमा ३२७ सांसदले विपक्ष र २९९ सांसदले पक्षमा मतदान गरे ।
 
यो पनि हेर्नुहोस्

यस अघि मंगलबार भएको मतदानमा कुनै सहमति नभए पनि इयु छाड्ने प्रधानमन्त्री जोन्सनको योजनालाई पनि संसदले विफल बनाइ दिएको थियो । मतदानमा ३२८ ले विपक्षमा र ३०१ पक्षमा मतदान गरे ।
 
टेरेजा मेले ब्रेक्जिट पार लगाउन नसकेकै कारण पदबाट राजिनामा दिएपछि बोजो प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री भएपछि बहुमत गुमाएर पहिलो झड्का लागेका उनले त्यसपछि तीनवटा महत्वपूर्ण मतदानमा पराजित भोग्का छन् । 
अब उनका सामु राजीनामा दिने विकल्प मात्र बाँकि रहेको बताइएको छ । बहुमत गुमाएकाले उनी संसद भंग गर्ने सिफारिस पनि गर्न सक्ने अवस्थामा छैनन् । 
 
यसैबीच उनलाई संसदमा एकपछि अर्को गम्भीर झड्का लागे पनि ब्रिटिस पोलमा भने उनको लोकप्रियता बढेको देखिएको छ । 
प्रकाशित मिति: : 2019-09-06 03:15:01

प्रतिकृया दिनुहोस्