गैरआवासीय नेपाली संघको युरोपेली वैठक रोममा शुरु

एनआरएनको १२ औँ युरोपेली वैठकको उद्घाटन गर्दै नेपालका न्याय, कानून तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल । तस्बिर : बीएल

एनआरएन युरोप क्षेत्रको क्षेत्रीय वैठक इटलीको राजधानी रोममा सुरू भएको छ । 

बैठकको उद्घाटन गर्दै मन्त्री ढकालले एनआरएन नेपाल बाहिरको नेपाल भएको बताउँदै सरकारले उनीहरूलाई अन्यथा नसोचेको बताए । समृद्ध नेपाल सुखी न्पाली बनाउन उनीहरूको अहम् भूमिका हुने बताउँदै त्यसको वातावरण बनाउनका लागि सरकार लागि परेको बताए ।

बैठकको उद्घाटन सत्रलाई विशेष अतिथि कांग्रेस नेता डा। शेखर कोइराला, भिजिट नेपाल २०२०का संयोजक सुरज वैद्य, एनआरएनएका पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घलेलगायतका वक्ताहरुले सम्बोधन गर्दै कार्यक्रमको पूर्ण सफलताको कामना गरे ।

यो पनि हेर्नुहोस् 

सालिकको कथा

'एनआरएनए युरोपको उद्देश्य : देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य' भन्ने नाराका साथ शुरु भएको सो वैठक आइतवारसम्म चल्नेछ । बैठक मूलत: युरोप क्षेत्रको भए पनि यसमा सहभागी हुन संसारभरकै अगुवा एनआरएन नेताहरू रोम पुगेका छन् । आयोजकहरूका अनुसार बैठकमा चारसयको सहभागिता रहेको छ ।

बैठकलगत्तै रोममै एनआरएनको १०औँ महिला भेला समेत आयोजना गरिने भएकाले बैठकमा महिला सहभागिता पनि उल्लेख्य मात्रामा रहेको छ ।

एनआरएनको आगामी अक्टोबरमा नउाँ नेतृत्तवका लागि चुनाव हुने भएकाले यस वर्ष आयोजना गरिने यस्ता सबै बैठकको हिडेन एजेण्डा चुनाव नै हुदै आएको छ । यो भेलामा पनि उम्मेद्वारका आकांक्षीहरू बाक्लै संख्यामा रोम आइपुगेका छन् । 

 

प्रकाशित मिति: : 2019-08-04 02:07:58

प्रतिकृया दिनुहोस्