प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली युरोप भ्रमणका क्रममा फ्रान्सको राजधानी पेरिसतिर लागेका छन् । स्विटजरल्याण्डबाट सुरू भएको उनको यात्रा बेलायत हुँदै फ्रान्सतिर अघि बढेको हो । दुई दिन फ्रान्समा रहेपछि उनको यसपटकको युरोप टुर सकिने छ ।
बुधबार बेलायतमा रहेका नेपाली समुदाय र गोर्खा सैनिकसँग भेट गरेपछि ओली भूमिगत रेल युरो ट्रेन चढेर लण्डनबाट पेरिसतर्फ लागेका हुन्।
युरो ट्रेन बेलायत र फ्रान्सको बीचमा रहेको इङ्लिस च्यानलमुनि बनाइएको ५० किलोमिटर लामो सुरूङ मार्ग हुँदै बेलायतबाट फ्रान्स पुग्छ ।
प्रधानमन्त्री ओलीले पेरिसमा बिहीबार उनका समकक्षी इडियार्डो फिलिपेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
बेलायतमा भेटघाटमै बितेको भ्रमणका क्रममा कुनै सहमतिहरू भएनन् । उनका बेलायती समकक्षी तेरिजा मे कामचलाउ भैसकेकाले यो भ्रमण एक औपचारिकतामा मात्र सिमित भयो । फ्रान्समा पनि उनले कार्यकारी राष्ट्रपतिलाई हैन, खासै अधिकार नभएका प्रधानमन्त्रीलाई भेट्दैछन् ।
प्रधानमन्त्री ओलीको यसपटकको भ्रमण उपयोगिता,औचित्य र प्रोटोकलका हिसाबले निक्कै आलोचित भएको छ । त, उनका किचेन क्याविनेटका सदस्यहरू भने त्यसको खण्न गर्दै यसको औचित्य स्थापित गर्न लागिपरेका छन् ।