युरोप भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्विटजरल्याण्डपछि बेलायत पुगेका छन् । उनले त्यहाँ बेलायतकी काम चलाउ प्रधानमन्त्री थेरेशा मेबीच १० डाउनिङ स्ट्रिटमा भेटवार्ता गरेका छन्
उनीहरूबीच द्विपक्षीय हितका विषयमा संक्षिप्त वार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए। उनका अनुसार भेटका अवसरमा नेपाल-वेलायत विकास साझेदारी, पर्यटन प्रवर्द्धन र ब्रिटिश गोर्खासम्बन्धी विषयमा छलफल भएको थियो ।
थेरेसा मे ले जुुन ७ मै बेलायती प्रधामनमन्त्री पदबाट राजिनामा दिइसकेकी छन् । अहिले उनी काम चलाउ प्रधानमन्त्री हुन् ।
प्रधानमन्त्री ओलीको युरोप भ्रमण विना तयारी प्रोटोकलको वास्ता नै नगरी गरिएको भनेर आलोचना भैरहेको छ । बेलायतमा उनी अक्सफोर्ड विश्वविद्यालयको युनियनले आयोजना गरेको एक कार्यक्रममा प्रवचन दिन गएका हुन् । प्रवचनका लागि यतिका राष्ट्रिय स्रोत र साधनको खर्च गरेको भनेर आलोचन भएपछि अन्तिम समयमा काम चलाउ प्रधामन्त्री मेसँग नाममात्रको भेटघाटको व्यवस्था मिलाइएको हो ।