लण्डनको मेट्रोमा यात्रा गरिरहेका दुई लेस्बियन महिलाले जब एक-आपसमा चुम्बन गर्न थाले, चारजना किशोर चिच्याउन थाले- 'हामी तिमीहरूलाई किस गर्छौं, अनि पो तिमीहरूलाई मज्जा आउँछ । जब उनीहरूले मानेनन्, ती किशोरले उनीहरूलाई रगताम्य हुने गरी पिटे ।'
यो घटना मे ३० को हो । राति बाहिर गएर बसमा फर्किरहेका लेस्वियन जोडी मेलानिया र क्रिसमाथि यस्तो आक्रमण भएको थियो ।
जुन ५ मा मेलानियाले आफ्नो फेसबुकमा रगताम्य भएको फोटोसहितको स्टाटस पोष्ट गरेपछि घटना बाहिर आएको हो । अंग्रेजी र स्पेनिस भाषामा प्रकाशित गरिएको स्टाटसलाई लिएर लण्डनमा तिब्र रोष प्रकट गरियो ।
बेलायती प्रधानमन्त्री थेरेसा मेले यस घटनाको तिब्र निन्दा गर्दै यस्तो कार्यलाई रोगी मानसिकताको परिणाम भनेकी छिन् । उनले यस्तो क्रियाकलापलाई सरकारले कुनै पनि हालतमा नसहने बताउँदै पीडित जोडीप्रति सहानुभूति प्रकट गरेकी छिन् ।
लण्डनका मेयर सादिक खानले पनि घटनाको नपन्दा गर्दै लण्डनमा यस्तो घृणित घटनालाई ठाउँ नहुने बताएका छन् ।
यसैबीच प्रहरीले यस घटनामा संलग्न रहेको आशंकामा १५ वर्षलेखि १८ वर्षसम्मका ४ जना किशोर पक्राउ गरेको छ । उनीहरूमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।