गैरआवासीय नेपाली संघ नर्वेको जुन ८ मा हुने भनिएको छैंठौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । नयाँ कार्यसमिति चयनमा कांग्रेस र कम्युनिस्ट सर्मथकबीच भागभन्डामा नमिल्दा महाधिवेशन स्थगित भएको नर्वेका एक अगुवा एनआरएनले बताएका छन् ।
उनका अनुसार कांग्रेस र कम्युनिष्टबीच भागबण्डा नमिल्दा चुनाव हुने परिस्थिति आएको थियो । तर, महाधिवेशनको पूर्वसन्ध्यामा कम्युनिष्ट उम्मेद्वारहरूले उम्मेद्वारी फिर्ता लिए । त्यसपछि महासचिव र कोषाध्यक्षजस्ता पद नै खाली हुने परिस्थिति सिर्जना भयो र बाँकि रहेका कांग्रेस उम्मेद्वारलाई निर्विरोध घोषणा नगरी महाधिवेशन नै स्थगित गरियो ।
स्थगित महाधिवेशन कहिले हुने हो ? त्यसबारेमा केही जानकारी दिइएको छैन ।
नर्वेमा करिब तीनहजार नेपाली रहेको अनुमान गरिएको छ। तर, एनआरएन सदस्यभने एक हजार पनि छैनन् ।
नर्वेको एनआरएनमा पनि कम्युनिष्ट र कांग्रेसको राजनीति पसेकाले धेरै एनआरएनमा वितृष्णा पैदा भएको छ । पछिल्लो अवस्थामा नेपालका खासगरी कांग्रेस र कम्युनिष्ट पार्टीकोे सदस्य लिएका हार्डकोर चउन्नी सदस्य मात्र यसमा रहने अवस्था सिर्जना हुदैछ ।