स्पेनमा एक स्याङ्जाली युवाको गाडीको ठक्करले मृत्यु: विरोधमा उत्रिए सहकर्मीहरु

स्याङ्जा विरूवाका पूजन कोइराला: कहाँको जन्म कहाँको मरण । तस्विर : फाइल

स्पेनको वार्सिलोनामा नगरपालिकाको फोहर बोक्ने गाडीले ठक्कर दिँदा स्याङ्जा बिरुवा गाउँपालिका वडा नम्बर ६का २२ वर्षीय पुजन कोइरालाको घटनास्थलमै निधन भएको छ।

ग्लोबो नामक घरघरमा खाना पुर्याउने कम्पनीमा कार्यरत कोइराला पिठ्युँमा खाना बोकेर ग्राहकको घरसम्म साइकलबाट गइरहेका थिए।अचानक तिब्र गतिमा आएको नगरपालिकाको टिप्परले उहाँलाई ठक्कर दियो।घटना हुँदा पानी परिरहेको थियो।

कोइरालाको उपचारार्थ तत्कालै एम्बुलेन्स आएपनि उनलाई बचाउन सकिएन।चिन्नेवासका कोइरालाकी आमा र बैनी बिरुवामा बस्छन्।

प्रहरीले पोष्टमार्टम गरेर अदालतलाई शब बुझाएको छ।गैरआवासीय नेपाली संघ स्पेन र स्याङ्जा अन्तर्राष्ट्रिय समाजलगायत स्पेनमा काम गरिरहेका सामाजिक संस्था, मनकारी व्यक्तिहरुको सहयोगमा कोइरालाको शबलाई नेपाल पठाउने तयारी भैरहेको छ।

गैरकानूनी रुपमा बसिरहेको हुनाले शब बुझ्न अप्ठेरो भइरहेको तर दूतावासको सहयोगमा कागतपत्र बनिरहेको स्याङ्जा अन्तर्राष्ट्रिय समाजका केन्द्रीय उपाध्यक्ष शालिकराम डुम्रेले बताए।

चालकको लापरवाहीले दुर्घटना घटेको हुँदा काम गर्ने बेला कामदारको उचित सुरक्षा हुनुपर्ने, दोषिमाथि कारवाही हुनुपर्ने र मृतकलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै ग्लोबो कम्पनीका कामदारले आगजनी गर्दै विरोध प्रदर्शन गरेको खबर स्पेनको दैनिक एल पेइसले छापेको छ।

घटनापछि बहिनी काठमाण्डू आइपुगेको बताइएको छ। 

 

विरोध प्रदर्शनका भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

https://www.facebook.com/saved/?cref=60

 

 

प्रकाशित मिति: : 2019-05-27 21:54:43

प्रतिकृया दिनुहोस्