बेलायतमा प्रधानमन्त्री टरिजा मे ले आगामी जुन ७ मा राजिनामा दिने घोषणा गरेसँगै त्यहाँ टोरी नेताका लागि प्रतिस्पर्धा सुरु भएको छ।
अहिलेसम्म पाँचजना नेताले प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्। ती नेताहरूमा विदेशमन्त्री जेरमी हन्ट, अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टेवार्ट, भूतपूर्व विदेशमन्त्री बोरिस जनसन र भूतपूर्व रोजगार तथा पेन्सनमन्त्री एस्टर मक्भे र स्वास्थ्य मन्त्री म्याट ह्यान्कक रहेका छन्।
बेलायतमा सत्ताधारी पार्टिको नेता नै प्रधानमन्त्री हुने प्रावधान छ। अहिले सत्तामा कन्जरभेटिभ पार्टी रहेकाले यो पार्टीको नेता नै स्वत: बेलायतको भावी प्रधानमन्त्री हुन्छ।
जुन ७ मा मे ले राजिनामा दिएपछि नेता छान्ने प्रक्रिया सुरू हुन्छ। कन्जर्भेटिव पार्टीमा ब्याकबेञ्च १९२२ कमिटी भनिने सत्तधारी पार्टिका सांसदहरूको समूहले नेता छान्ने प्रक्रिया अगाडि बढाउँछन्। अहिले त्यो कमिटिकी अध्यक्ष सर ग्राहम ब्र्याडी रहेका छन्।
बेलायतमा एक लाख २४ हजार टोरी सदस्य छन्। तिनै सदस्यले मतदान गरेर आफ्ना नेता चुन्छन्। यसअघि सन् २००५ मा डेभिड क्यामरन सदस्यले मतदान गरेर नै चुनेका थिए भने सन् २०१६ मा टरिजा मे निर्विरोध चयन भएकी थिइन्।
आगामी जुलाई महिनाको अन्त्यसम्ममा नयाँ नेता चयन भैसक्ने अपेक्षा गरिएको छ।
ट