किशोरावस्थामा नियमित मदिरा सेवनकर्ताको सङ्ख्या घट्यो

China.org.cn

किशोरावस्थामा नियमितरूपमा मदिरा सेवन गर्ने जर्मनी नागरिकको सङ्ख्या घटेको छ।

पछिल्लो समय सार्वजनिक एक तथ्याङ्कअनुसार नियमित मदिरा सेवन गर्ने जर्मनीका १२ देखि १७ वर्षसम्मको उमेर समूहका किशोरकिशोरीको सङ्ख्यामा कमी देखिएको हो ।

देशको सङ्घीय स्वास्थ्य शिक्षा केन्द्रले बुधबार सार्वजनिक गरेको सर्वेक्षण विवरण सन्तोषजनक र उल्लेखनीय रहेको अधिकारीहरूले बताएका छन् ।

सर्वेक्षणले देशका उल्लेखित उमेर समूहका ८.७ प्रतिशतले मात्र अहिले नियमित मदिरा सेवन गर्ने गरेको देखाएको छ।  

सर्वेक्षणकर्ताहरूले हरेक हप्तामा कम्तीमा एक पटक मदिरा सेवन गर्नेलाई नियमित मदिरा सेवनकर्ताका रूपमा गणना गरिएको जनाएका छन् ।

नियमित मदिरा सेवन गर्ने सो उमेर समूहको यो तथ्याङ्क ‘ऐतिहासिक रूपमा थोरै’ रहेको अधिकारीहरूले बताएका छन् ।

यसअघि सन् २००४ मा यही उमेर समूहमा नियमित मदिरा सेवन गर्नेहरूको सङ्ख्या २१.२ प्रतिशत रहेको जनाइएको छ ।

 ‘जर्मनीमा यस अगाडि यस्तो सन्तोषजनक अवस्था कहिल्यै आएको थाहा थिएन्,ְसर्वेक्षणमा सहभागी एक सर्वेक्षणकर्ताले भने ।

उनले सङ्घीय, प्रदेश र स्थानीय सरकारको संयुक्त र जोडदार प्रयासले मदिरा प्रयोगकर्ताहरूको सङ्ख्या घटाउन सफल भएको पनि बताए ।

युरोपेली मुलुकहरूमा मानिसको स्वास्थ्य बिगार्ने वा रोगी बनाउने र मृत्युको मुख्य कारणमध्ये मदिरा नै तेस्रो मुख्य कारण भएको पाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार युरोपेली मुलुकमा मदिराको प्रयोगको मात्रा बाँकी विश्वको औसतको दोब्बर रहेको छ ।

प्रकाशित मिति: : 2019-05-08 21:21:40

प्रतिकृया दिनुहोस्