विकिलिक्सका संस्थापक असान्ज बेलायतमा पक्राउ

विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ परेका छन्। उनलाई लण्डनस्थित इक्वेडरको दूतावासबाट पक्राउ गरिएको हो।

असान्ज सन् २०१२ देखि लण्डनस्थित इक्वेडरको दूतावासको शरणमा बस्दै आएका थिए।इक्वेडरले उनको शरणार्थीको मान्यता अन्त्य गरे लगत्तै बेलायती प्रहरीले उनलाई पक्राउ गरेको हो।

 अमेरिकी सेनाका हजारौँ गोप्य दस्तावेज सार्वजनिक गरेको आरोप लागेका उनलाई अमेरिकाकै लागि पक्राउ गरिएको बताइएको छ।

प्रकाशित मिति: : 2019-04-11 17:28:11

प्रतिकृया दिनुहोस्