गजल: गर्ने थिएँ मनोमानी सापट दिए हुन्थ्यो

बिएल

तिम्रो चोखो त्यो जवानी सापट दिए हुन्थ्यो
गर्ने थिईन कहिले हानी सापट दिए हुन्थ्यो

एकान्तमा सुत्दा किन छोड्यो निन्द्रा लाग्न
दाहिने हातको सिरानी सापट दिए हुन्थ्यो

देखाएर राखेकी छौ रसिला ति अनार दाना
दिए खान्थे छानी छानी सापट दिए हुन्थ्यो

दुई जनाको सहमति भयो भने बल्ल हजुर
गर्ने थिएँ मनोमानी सापट दिए हुन्थ्यो

यौवनको प्यासी म तड्पेको छु प्यास मेट्न
पिउने थिएँ मुलको पानी सापट दिए हुन्थ्यो

भत्किएको घर छ मेरो बिग्रिएको मान्छे म
सुन्दर रहेछ तिम्रो बानी सापट दिए हुन्थ्यो

प्रकाशित मिति: : 2019-11-02 14:05:04

प्रतिकृया दिनुहोस्