मैयाँ सुवेदी

कविता:  

संसारकी महान
तर उनलाई आज
जीवनले पिडा दिएको छ
तिमीलाई लागेको छ दुस्साध्य रोग
अर्बुद त्यसैसँग लडेका छन्
तिम्रा हरेक रक्तकोषहरू ।

जीवन हुँदो रहेछ अचम्मको
सन्तानको लागि जीवन
बाँच्दै गर्दा
चन्द्रमाको शितलता
तिम्रो भागमा पर्‍यो वा परेन !
तिम्रो आङमा न्यानो घाम
कहिल्यै लाग्यो वा लागेन !

कस्तो अचम्म !
निस्वार्थ फल दिने बटबृक्ष
हौ तिमी
जिन्दगीका अध्यारा कन्दराबाट
सम्भावनाको बाटो पहिल्याउँदै
आफ्नै जीवन उत्सर्ग गर्ने
ममताकि खानी हुन मेरी आमा ।

आज आवाज दिन नसके पनि
मनभरी चाहना छ
केवल मेरा सन्तान खुला
आकाशमा लिन सकुन् सास
दौडन सकुन् विकसित आँगनमा
हिंड्न् सकुन् शक्तिपुर्बक चौंडा सडकमा
जहाँ कुनै रोकथुन बिना
जीवन ज्योतिमय होस् ।

आज तिम्रो सास धरापमा
परेका बेला इतिहास पढ्न
छैन मन मलाई
मनको संयम र धैर्य टुटेका बेला
संसारबाट बिदा दिन बिल्कुलै मन छैन
तर यो क्षण तिम्रो छ्ट्पटी
एकमुठी स्वासको लागि
तिम्रो संघर्ष आँसुको भेल बनिरहेको छ ।

एकपटक यो भन्न मन छ
यदि अर्को जन्म हुनेरहेछ भने
फेरि मलाई तिमै कोखमा
बाँस बस्न मन छ
जन्मिन मन छ
मेरी आमाकी छोरी बनेर ।

 

प्रकाशित मिति: : 2019-09-07 09:34:49

प्रतिकृया दिनुहोस्