मैले सकिन ... हारेँ

प्रतिकात्मक तस्बिर । बीएल मिडिया ग्राफिक्स ।

माेबाइलमा तीनवटा छाेटाछाेटा घण्टी बज्छन्।टेबुलमा पढिरहेकी मेराे ध्यान एक्कासी भंग हुन्छ।तीनवटा छाेटा घण्टीले तीनवटा म्यासेजकाे संकेत गरिरहेका थिए।म उत्सुक हुँदै माेबाइलकाे स्क्रिनतिर आँखा ढुलाउँछु।बिर्सन आँटेकाे नम्बरबाट मेसेज आएकाे थियाे।मेसेज भ्यु हुन्छ।एकाएक श्वास बढ्छ।शरिरकाे तापक्रम बढेजस्ताे हुन्छ। मुटुकाे गति बढ्न थाल्छ।रिंगटा चलेजस्ताे हुन्छ।मेराे हातले टेबुलकाे गिलास छुन्छ।म हतारहतार पानी पिउँछु।संयमित हुन खाेज्छु। सक्दिन। 

केहीबेरकाे अवचेतन मनमा चेत खुल्छ।अनि सम्झन्छु तिमीलाई।तिमीले मनमा तुफान ल्याइदियाै।तिमीले जहिल्यै यस्तै गर्छाै।मेराे मन बिछिप्त गराउँछाै।तिमीलाई केही हुन्न।तुफानले जे क्षति गर्छ त्याे सब मेराे मनलाई गर्छ।सहन सक्ने मेरै तनमन हाे।फेरि एकपल्ट सहिदिए।बिछिप्त हुँदाहुँदै, रुँदारुँदै। 

तिमीलाई भनेकी थिएँ नि? याद छ? हुन त बिर्सीसक्याै हाेला! 'तिम्रो लागि म सबैथोक गर्न तयार छु, म मेरो इज्जतको कुनै ख्याल गर्ने छैन।तिम्रो शिर कहिल्यै झुक्न दिने छैन।' तिमीले पनि बाचा गरेका थियौ।म ढुक्क थिएँ।लाग्थ्यो 'म कहिल्यै अपमानित, अपहेलित हुनुपर्ने छैन।' तर थाहा छ? आज तिम्राे कारणले मन हरपल अपमानित छ।भन्थ्याै, मेरो खुशीको लागि आफ्नो खुशीकाे तिलाञ्जलि दिन्छु।तिमीले बिर्स्याै र त बारम्बार हाजिर हुन्छौ अनि विरक्तिन मन लाग्छ। लाग्छ, मेराे मन समुद्रकाे छालनेर निर्मित कमसल घर हाे। बेला बेला तिम्राे रुप धारण गरेर हाजिर हुन आउने तुफानकाे एक लप्काले भत्काइदिन्छ।

मंसिरकाे चिसाे सिरेटाेमा सुख्खा हावाले तनमन स्याँटेकाे।पात झरेर रुखहरुका रुप बिरुप भएका।हामी टेकेकाे जमिन पनि निरस। मनमा भने कताकता बसन्तकाे बाहार आएजस्ताे, गुलावी यामले छोएजस्ताे, खुशीले मन राेएजस्ताे, जवानीले छाेएजस्ताे।साँच्चै बिरुप माैसमलाई पनि रूपवती बनाउने रहेछ मायाले।ठ्याक्कै थाहा भएन यही दिन भनेर तर तिमीले मलाई मायाकाे तीर हानिसकेका थियौ।म घायल थिए।साइत जुराएर तिमीले फिल्मी स्टाइलमा गुलावकाे फूल दिदै, प्रिय! म तिमिलाई.... भनेर प्रस्ताव गरेनाै।पहाडकाे छेउमा हावा चलेन।दुपट्टा उडेन।तर, खै कुन्नि तिमीले कुन भाषा बाेल्याै, मैले बुझिदिए।प्रेममा अक्सर त्यस्तै हुन्छ।आँखाकाे भाव बुझिन्छ।मनले मनसँग सम्बाद गर्छ।अनि त मनमै हावा चल्याे, मनमै दुपट्टा उड्याे।साेच्थे अक्सर यसरी हुने प्रेम सफल हुन्छ।तर म भने ढुक्क थिएँ। 

मेरा धेरै सपनाहरु थिएनन्।तिमी थियाै।पुगेकाे थियाे।एउटी प्रेमिकाले खास धेरै सपना देख्न सक्दिरहेनछ।मेरा सपनाहरु फराकिला हुन सकेकनन्।तिम्रा वरिपरि घुमिरहे।मेराे सपना, विपना सब तिमी भयाै। तिमी भेट्न बाेलाउथ्याै।म जान सक्दिन थिए।भराेसा तिम्रै थियाे तर पनि लाज लाग्थ्यो।विस्तारै आँट आउन थाल्याे।तिमीसँग नजिकिन मन लाग्न थाल्याे।अनि तिमीले बाेलाउने समय कुर्न थालेँ। तिमीले बाेलायाै।म हाजिर भएँ। 

तिमीलाई मान्छेहरु औसत देख्थे।म संसारकाे सबैभन्दा अब्बल मान्थे।मेरा साथीहरु हल्का रुपमा हेर्थे।म गम्भीर मान्थेँ।गाेराे वर्ण, गाेलाे अनुहार, अग्लाे नाक, त्यहीमुनि भर्खर बसेकाे जुंगाकाे रेखी, अग्लाे ज्यान, पातलाे शरीर, जस्ताे लाएपनि सुहाउने।अक्सर कालाे ड्रेसमा सजिने।कालाे कपालमा हेरुहेँरु लाग्ने।लाग्थ्यो तिमी सफा मन भएकाे मान्छे।त्यसैले म तिमीलाई लाखाैंमा एक मान्थेँ। अक्सर सपनामा पनि त्यही ड्रेसमा देख्थे।विपनामा हरपल आँखा अगाडि आउने चित्र त्यही हुन्थ्यो।

अब सिमा नागियाे।तिमीसमँगकाे सामिप्यता बढ्याे।तिमी मलाई मायाले 'गुडिया' भन्न थाल्याै।म 'गुडिया' जस्ती थिइँन। म जे थिइँन तिमीले त्यै भनेर बाेलाउँदा मन फुरुङ्ग हुन्थाे।आकासमा उडेजस्ताे लाग्थ्याे।म पनि तिमीलाई 'खड्डु' भन्न लागें। तिमीले जसरी माया देखायाै। मलाई पनि त्यसरी देखाउन मन लाग्थ्यो।म प्याराेडी भएकी थिएँ। 

जातमा तिमी ब्राह्मण।म क्षेत्री।मनमा अलि डर थियाे।सांस्कृतिक रुपमा परिपक्वता हासिल नगरेकाे हाम्राे समाजमा सहज नहाेलाकी भनेर।तिमी पण्डितकाे छाेरा।तिमीले वेद पढे झैं आदर्श पण्डित्याँई गर्यौ 'मायामा जात, धर्म, उमेर, रङ्ग सबै फिक्का हुन्छन्।मायाले जित्छ।दुनियाले हार्छ।जातका कुरा गर्नेहरु हार्छन्।हामी जित्छाैं।' तिमी ज्ञानकाे दायरा फराकिलो बनाउदै सुनाउन थाल्थ्याै -ओ हेनरीकाे 'गिफ्ट अफ म्यागीकाे प्रेमिल दम्पतिकाे कथा, राेमियाे जुलेटकाे कथा, अरु त्यस्तै उदाहरणीय प्रेमिल कथा।'म मख्ख पर्थे।तिमी सुनाउँथ्याै 'बुलबुल चराकाे जस्ताे त्यागकाे कथा, भ्यालेन्टाइनकाे प्रेम प्रसंग।'जब तिमीबाट म फरक फरक कथा सुन्थे अनि आफूलाई ती कथाकी प्रेमिका पात्रमा अवतार गराउँथेँ।माया र विश्वास एकसाथ हुर्किरहेका सिमलझैं लाग्थ्यो।

डर एउटा समजकाे थियाे। केही अाफन्तहरुकाे थियाे। स्कुलका सरहरुकाे थियाे। त्यसबाहेक दुनियाकाे पर्वाह भएन। हरपल तिमीसँग हुन मन लाग्थ्याे। यद्यपि याे कुरा सबैलाई थाहा थिएन। सँगसँगै कलेज जान थाल्याैं। कक्षा काेठामा पढाईतिर कम तिमीतिर बढी अाँखा डुल्न थाले। तैपनि म लुकिछिपि हेर्थें। तिमी भने मलाई नै एकटक हेरिरहन थाल्याै। कतिबेला रिस उठ्थ्याे। पढाइमा ध्यान नदिएकाेमा। अाँखा ठुला बनाएर पढाइमा ध्यान देउ भन्दै दाह्रा किट्थे। तिमी भने अटेरी बच्चाजस्ताे मैलाई नै हरिरहन्थ्याै। कक्षा काेठाबाट बाहिर निस्कदै म रिसाउथे 'सिल्ली ब्वाइ के हेरकाे त्यसरी पढाईमा ध्यान दिन पर्दैन ?' तिमी निरीह हुँदै भनथ्याै 'ध्यान तिमीतिरै जान्छ त म के गराैं ?' मलाई हाँसीदिन्थे। लाग्थ्यो जिन्दगी भरि यसरी नै हेरिरहाेस। कियर गरिरहाेस।

तिमी पनि मेराे मनले साेचेजस्तै गर्थ्याै।मेरा स–साना कुरा पनि ख्याल गर्न थालेका थियाै।कलेज जानेबेला बिहान घरमै लिन आउँथ्याै।बिहान उठाउँथ्याै। म अल्छी तिमी नआउँन्जेल ओछ्यानमै हुन्थे।तिमी आउँदा हतार हतार तयार हुन्थे।तिमी निद्रा डिस्टर्ब गरेकाे आराेपमा गाली खान्थ्याै।तिमी साइकल चलाउथ्याै।म पछाडि बस्थे।जाडाेले मेरा हात चिसा हुन्थे।म ख्वास्स तिम्राे पकेटमा हात छिराउँथे, अनि न्यानाे हुन्थ्यो। तिम्रा हात भने चिसा हुन्थे।कलेजकाे गेटैनेर ओर्लेर म तिम्रा चिसा हातमाथि मेराहात राख्थे।तिमी मतिर हेरेर एकाेहाेरिएका हुन्थ्याै।मलाई लाज लाग्थ्याे। 

जाेडाेमा कलेज पुगुन्जेल पनि अँध्यारै हुन्थाे।त्यसरी नै गेटनेर पुग्दा म तिम्राे हातमाथि मेरा हात राख्थे।तिमी जाेडले कस्न खाेज्थ्याै।म बल गरेर उम्किन्थे।मनमा एक खालकाे तरंग उत्पन्न हुन्थ्यो।कहिले तिम्राे साह्रो माया लाग्थ्यो अनि यताउता काेही नदेखेपछि तिम्राे अंगालाेमा मायालु शरीर बिसाइदिन्थे।तिमी सँधै उसै गराेस् भन्ने साेच्थ्याै।मलाई साथीहरु र सरकाे डर लाग्थ्यो।अनि रिसाएर ठुस्किदिन्थे।तिमी मलाई फकाउन अनेक उपाय लगाउथ्याै।थाकेर निसास हुँदा भने दया लागेर आउँथ्याे।अनि म डिच्च हाँसिदिन्थे।त्यसपछि तिमी भावुक पाे हुन्थ्याै त।फकाउने पालाे मेराे आउँथ्याे। तिमी बच्चाजस्ताे लाडे हुन्थ्याै।म जसाेतसाे फकाउथे।तिमी निस्सासिदै काखमा आउँथ्याै।निदाएजस्ताे गर्थ्याै।केहिबेरकाे माैनतापछि फेरि हामी पुरानै अवस्थामा आउँथ्याैं। 

यसरी दिन वितिरहेका थिए।कलेजका दिनहरु पनि सकिन आँटेका थिए।यस्तै नजिक हुँदाहुँदै म फेरि ठुस्किन पुगेँ।तिम्राे साइकलमा चढिँन।कक्षाकाेठामा तिमीले आँखा चियाउदा देख्ने गरी बसिँन।तिमी फकाउँदा फकाउँदा हैरान भयाै।खै के भएकाे थियाे? आफैँलाई थाहा छैन।तिमीले अनेक उपाया लगाउँदा नि फेल भयाै।तिमी प्रेसरकाे बिरामी।टाउकाेमा उस्तै समस्या।हाई प्रेसरमा तिमीले कक्षाकाेठाकाे भित्तामा टाउठाे ठाेकेर आफैलाई रगतकाे आहालमा डुबाइदियाै।मेराे हाेशहवाश उड्याे। बेहाेस हुनेगरी चिच्याए।त्यसपछि मलाई केही थाहा छैन।बिउँझदा म अस्पतालकाे बेडमा थिए।तिमी मलाई कुरी बसेका थियौ।घरपरिवार सबै थिए।डाक्टरकाे सल्लाहमा मलाई घर लगियाे। 

भाेलिपल्ट म एक्लै कलेज गए।साथीहरुले सुनाए।सबै सरहरुले थाहा पाएछन्।मेरा घरकाले पनि थाहा पाए।कलेजमा साथीहरु दुईथरि कुरा गरिरहेका थिए।एकथरि 'यस्ताे माया गर्ने मान्छेलाई याे हदसम्म सताउनु उचित भएन।'अर्काेथरि 'यस्ताे माया गर्ने मान्छेलाई एक दिन छाेडेर मार्छे।' मन थाम्न सकिन।दिनभर आँखा रसाए।

विगत सम्झाउने गरी तिम्रा मेसेज आए।एउटा मात्र हाेइन, तीन-तीनवटा।सम्पर्कबिहिन तिमीले यस्ताे हर्कत कसरी गर्न सक्यौ?किन यति कुरुप र बेइमान भयाै?कसरी आँट आयाे यतिसम्म गिर्नलाई?तिमीले पठाएका यी अश्लील मेसेजले के स्वार्थ बाेकेका छन्? किन वर्षाैंकाे खाटा परेकाे घाउ काेट्याएर पीडा दिन खाेज्याै?के मेराे पीडाले तिमीलाई आनन्द दिलाउँछ?

साथीहरुमार्फत तिमीलाई कलेजकाे क्यान्टिन पछाडि बाेलाएँ।म साथीहरुसँग बसिरहेकी थिएँ।तिमी पुगेपछि उनीहरु लागे।मेराे राेदन फेरी सुरु भयाे।तिम्राे अंगालो मलाई संसारकाे प्रिय लाग्याे।मेराे गह्राैं शरीर बिसाइदिएँ।तिमीले सम्झायाै।मैले अब नरिसाउने कसम खाएँ।त्यसपछिका दिनमा मैले रिसाउन छाेडेँ।साथीहरुले ममा परिवर्तन आएकाे देख्न थाले।

हाम्राे कलेज सकियाे।बिदाइकाे दिन सबै भावुक थियौं।केही क्षण रमाइलाे गरेपनि खुशी धेरैवेर टिकाउन सकेनौं।आँखा रसाए। केटाकेटी कोही पनि बाँकी रहेनन्।सबै डाकाे छाेडेर राेयाैं।सबै साथीहरु एकै ठाउँका थिएनौं।तर पनि वर्षकाे एकपटक भेट्ने बाचा गर्याैं।रुदारुँदै छुट्टियाैं।रात परिसकेकाे थियाे।तिमीले मलाई घरसम्म छाेडिदियाै।सबै साथीहरु टाढा भएपनि हामीहरु नजिक हुँदैछाैं भन्ने लाग्थ्यो। तिमीसँग छुट्टिदा पनि म हुरुक्क थिएँ।

त्यसपछि नियमित सम्पर्क भैरहयाे।कहिलेकाहीँ भेट हुन्थ्यो।तिमी ठिक्क बाेल्थ्याै।म बिहे गर्ने मुडमा थिएँ।याे प्रस्ताव तिमीबाटै आओस् भन्ने लाग्थ्याे तर तिमीले गरेनौं।एक दिन मैले भने 'खड्डु, हामी बिहे गराैं।' तिमीले केही समय कुराैं भन्याै। मैले कर गर्न सकिन।आश गरे कुनै दिन जाँउ हिड भन्दै आउँनेछाै। 

केही समय हाम्राे भेट हुन सकेन।तिमी जरुरी काममा छु भन्थ्याै।एक दिन मैले मैले फाेन गर्दा तिम्री बहिनीले उठाइन।मैले तिमीबारे साेध्दा तिम्राे बिहेकाे तयारी भैरहेकाे भनिन्।मनले पहिलाेपल्ट तुफानकाे सामना गर्याे। त्यसपछि त हाे बारम्बार तुफान सहन सक्ने भएकाे। म केही बाेलिन।शब्दहरु गायब थिए।आसु झरिरहे।म सरासर काेठाम गए।शरीर तातिसकेकाे थियाे।भित्तामा ठाेकिन्छु।ठाेकिरहन्छु। त्यसपछि के भयाे थाहा पाउँदिन। बिउँजदा नर्सले तेस्राे दिनकाे इन्जेक्सन लगाइरहेकी थिइन्। 

बर्बराउदा बर्बराउदै बिउझेकी मेरा आँखाबाट आँसुका बलिन्द्र धारा बगिरहेकाे थिए।म बाेल्न सकिरहेकी थिइन।बाेल्न मन लागेकाे थिएन।पाँचौ दिनमा डाक्टरले सम्झाउदै डिस्चार्ज गरे।म चुपचाप थिएँ।घरमा नजिकका साथीहरु भेट्न आउँथे। उनीहरुले तिमीलाई भेटेछन्।प्रश्न गरेछन्। तिमीले जातकाे कुरा निकालेछाै।संस्कारिक बाहुनले क्षेत्री कि छाेरीसँग बिहे गर्न नमिल्ने भनेछाै।लाग्याे तिमीले छाँटेको आदर्श पण्डित्याँई स्खलित भएछ।त्यतिबेला भन्न मन थियाे तिमी कालाे ड्रेसमा सजिने कालाे मन भएकाे मान्छे हाै, संसारकै कुरुप हाै।धेकेबाज हाै।बदमास हाै।तर तिमी थिएनौं।केही सन्नुपरेन।आदर्श शैलीमा मायाजालमा फसाएका तिमीले फिल्मी स्टाइलमै धाेका दियाै। 

मलाई सम्हालिन दुई वर्ष लाग्याे।दुई वर्षसम्म म पढ्न सकिन।पुराना साथीहरुकाे माया र घरपरिवारकाे भराेसाले अध्ययन गर्ने आँट आयाे।मैले तिमीलाई भुल्न आँटेकी थिएँ।अब खास प्रवाह पनि थिएन।तर विगत सम्झाउने गरी तिम्रा मेसेज आए।एउटा मात्र हाेइन, तीन-तीनवटा।सम्पर्कबिहिन तिमीले यस्ताे हर्कत कसरी गर्न सक्यौ?किन यति कुरुप र बेइमान भयाै?कसरी आँट आयाे यतिसम्म गिर्नलाई?तिमीले पठाएका यी अश्लील मेसेजले के स्वार्थ बाेकेका छन्? किन वर्षाैंकाे खाटा परेकाे घाउ काेट्याएर पीडा दिन खाेज्याै?के मेराे पीडाले तिमीलाई आनन्द दिलाउँछ?हुन त समाजका अधिकांश पुरुष महिलालाई पीडा दिन्छन्।त्यसैमा आनन्दित हुन्छन्।त्यसाे गर्दा आफू पुरुष भएकाे स्वाङ पार्छन्।तिमी पनि तिनै पाखण्डी पुरुषमध्येकै एक हौं र त यस्ताे गर्न सक्याै। 

अब मलाई सहनु थिएन।म तत्काल प्रतिक्रिया जनाउन तयार भएँ। फाेन गर्दा अफ थियाे।फेसबुककमा मेसेज गराैं ब्लक्ड थिए।म प्रहरीकाेमा जान खाेजिरहेकी थिएँ।साइबर अपराधकाे मुद्दा हालेर तिमीलाई जेलमा काेचिदिन मन लागेकाे थियाे। सबैतिर बुझेँ। कतिकाे सल्लाह पनि लिएँ।बिस्तारै पछि हटेँ। तिम्राे घरकाे नेताहरुसँगकाे हेलमेल सम्झेँ।अपराधी संरक्षण गर्ने मेराे सरकार सम्झेँ।देशकाे कानुनलाई पराजित गरेर उत्सव मनाउने प्रवृत्ति सम्झेँ। निर्मलालगायत कैयाैं चेलिबेटीलाई न्याय दिन नसक्ने सरकारले मलाई कसरी देला 'न्याय'? हामी पहुँचबिहिनहरुकाे मन आँधिहुरी थेग्नलाई पाे हाे त।कहाँ तिमीसँग जाेरी खाेज्नलाई हाे र? मैले सकिन, हारेँ।

 

प्रकाशित मिति: : 2019-05-29 02:07:09

प्रतिकृया दिनुहोस्