महरा-शाही प्रकरण : खै कहाँ छन् महिला अधिकारकर्मी ?

बिएल

नेपालीको महान चाड दसैंको पूर्वसन्ध्यामा बजारमा चर्को मूल्यवृद्धि, कालाबजारी, चोरी,डकैतीलगायतको विषय चर्चामा थियो । यही समयमा पूर्वसभामुख कृष्णबहादुर महरामाथि एक महिलाले जबरजस्ती करणी गर्न खोजेको आरोपको समाचार बाहिर आयो । त्यसपछि बाँकि सबै मुद्दा ओझेल परे।

संघीय संसदमा कार्यरत एक महिला कर्मचारीले सुरूमा दिएको अन्तवार्ताकै आधारमा संघीय संसदका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुपर्‍ यो।

तत्कालीन सभामुख महराबाट आफूमाथि आइतबार राति यौन दुर्व्यवहार भएको भन्दै सोमबार सञ्चारमाध्यमलाई बताएकी शाहीले मंगलबार अघिल्लो दिनको कुरा फेर्दै महराको बचाउ गरेकी थिइन्  । बुधबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर उनले आफू ‘डिप्रेसनपीडित’ रहेको र आइतबार राति कुनै दुर्व्यवहारको घटना नभएको व्यहोरासहित निवेदन दिइन् ।

यो पनि हेर्नुहोस्- नमुछे आमा दहिमा टीका... 

यी व्यक्त पीडा हुन्। यी बाहेक अव्यक्त पीडहरुको त समुद्र नै छ। खासगरि नेपाली राज्यले सृजना गरिरहेको बेरोजगारीको भेलले आज पनि देशका ६० लाख बढी युवाहरु विदेशसम्म पुगाएको छ। यस्तो अवस्थामा मालिकले विदा नदिदाँ कयौं नेपालीहरु पारिवारिक विछोड सहन बाध्य छन्। त्यसैको प्रतिविम्ब हो, 'नमुछे आमा...।'Details

फेरि उनले आफू मानसिक रोगी भएको र आफूलाई पत्रकारले नभएको कुरा बोल्न लगाएको भन्दै महराकै बचाउ गरेको भिडियो अन्तर्वार्तासमेत सार्वजनिक भयो ।

यो घटनापछि रोशनी शाही र उनका श्रीमान् चित्रजंग शाहीबिचको सम्बन्ध पनि टुंगियो ।

योसँगै महरा र रोशनीबिच चिनजानदेखि ऐतिहासिक पृष्ठभूमिसहित उनीहरूबिचको सम्वन्धलाई लिएर विभिन्न टिकाटिप्पणीसहितका समाचार बाहिर आए ।

कतिपयले 'यो आईमाई खत्तम रै’छ उहिलेदेखि महरासँग लागेर अन्तिममा फसाई भने '। कतिले 'भोलिपल्टै बाबु समानको मान्छे भनेको भन्दै कस्तो बोली फेरिरहने आईमाई रै’छेसमेत भने' ।

तर, कसैले भनेनन् महरासँग २०४७ सालदेखि चिनजान भएकी महिला कसरी मानसिक रोगी भईन् भनेर ।अनि जुन दिन घटना घट्यो, त्यस दिन उनीमाथि कसरी हातपात भयो भन्ने कसैले भन्न सकेनन् ।

नेपालमा वैवाहिक बलात्कार गर्नेलाईसमेत कानुनी कारबाही हुन्छ ।

घटनाको प्रकृति हेर्दा महरा र ती महिलाबिच पुरानो सम्वन्ध कस्तो थियो/थिएन भन्नेतिर लाग्नुभन्दा पनि एक महिलाले आफूभाथि करणीको प्रयासमा हातपात भएको भन्ने आरोप यत्तिकै लगाउन सक्लिन् ?

नेपाली समाजमा हुर्के/बढेको परिस्थिति अनुसार पितृसत्तात्मक समाजमा महिलाको चरित्रमा यसै पनि आक्षेप लगाउन सजिलो छ ।

यो पनि हेर्नुहोस्- नालापानीमा अझै बलभद्रको यादमा गाउँलेहरू शीर उठाउँछन् 

जहाँ बलभद्र कुँवर पुग्थे। उनको चर्चा त्यतिनै हुने गर्थ्यो। उनले अंग्रेज फौजलाई तह लगाएको खबर बिभिन्न राज्यहरुमा भुषको आगो सल्के झैँ फैलिरहेको थियो। खबर पञ्जाव केसरी महाराजले थाहा नपाउने कुरै थिएन। एकदिन महाराज रणजित सिंहले आफ्नो फौजमा भर्ना भै काम गर्न अनुरोध गरॆपछि उनी पञ्जाव सेनामा भर्ना भए।Details

झन महिला आफैंले आफूमाथि कुनै परपुरूषले यस्तो गर्‍यो भनेर आरोप लगाए पनि उनकै चरित्रमाथि औला उठाईन्छ र भनिन्छ- 'यो आईमा चरित्रहिन रै’छे' ।

के ती महिलालाई चरित्रहिनको ट्याग भिरेर बस्न मन थियो होला र ?

रोशनी-महरा घटनाले महिला अधिकारकर्मीलाई कही कतै छोएन । जुन रात उनले निकै विक्षिप्त अवस्थामा आफ्ना कुरा बाहिर ल्याइन् । उनीमाथि शारीरिक हिंसा भएको भिडियोमै स्पष्ट देखिएपछि किन त्यही रात अधिकारकर्मीहरू उनको सत्य-तथ्य बुझ्न र त्यसको खोजविन गर्न गएनन् ?

यदि त्यही रात उनलाई ढाडस दिन महिलाअधिकारकर्मी पुगेका भए सायद उनले भोलिपल्ट आफ्नफ बोली फेर्ने अवस्था आउने थिएन ।

उनीमाथि भएको शारीरिक र मानसिक हिंसाको विषयमा त्यही समयदेखि आवाज उठाएको भए उनी त्यो बिचमा अरूको दवावमा पर्ने अवस्था आउने थिएन ।

अनि बिरामी अवस्थामा रहेकी ती महिलालाई पुरूषवादी मानसिकता बोकेका मानिसको तिरस्कार र लान्छना सहनुपर्ने थिएन ।

उनको शरीरभरी भएका चोट अनि उनको मानसिक रोगको जरो बेलैमा पत्ता लगाएर उनीमाथि न्याय र सुरक्षा दिन सकिन्थ्यो होला ।

घटना भएको रात रोशनीले एक्लै कोठामा कसरी समय बिताइन् होला ?

अघिल्लो दिन तिनकुनेस्थित आफ्नो डेराबाट आफू पीडित भएको र न्यायको लागि गुहार माग्ने रोशनीले मंगलबार सोह्रखुटेस्थित आफन्तको घरबाट ’महरा मेरो वुवा समानको मान्छे, उहाँबाट कुनै दुर्व्र्यवहार भएको छैन’ भनि कसरी उनकै बचाउ गरिन् ?

यसो गर्नुको पछाडि उनीमाथि कति मानसिक दबाब पर्‍यो होला ? खै यस विषयमा अधिकारकर्मी कहीँ कतै बोलेका ?

यो पनि हेर्नुहोस्- बयान, प्रतिबयान र महरामाथिको अभियोग 

पहिलो पटक 'हाम्राकुरा' भन्ने अनलाइनमार्फत सर्वजनिक भएकी कथित पीडितले यसपटक 'नागरिकन्युज' भन्ने अर्को सञ्चार माध्यमलाई प्रयोग गर्दै आफ्नो अघिल्लो दिनको दावीबाट १ सय ८० डिग्रीको युटर्न लिएकी हुन् । यसरी कथित पीडितले नै आफूले पहिले गरेको दावीलाई छोडेर ती भीआईपीलाई बलात्कारको आरोपबाट उन्मुक्ति दिन चाहेपछि बलात्कारको यो गम्भीर मुद्दा विधिवत् छानबिन बिना नै सामसुम हुने सम्भावना बलियो भएको छ । Details

नेपालमा अधिकांश महिला पीडित छन् । उनीहरु यौन हिंसामा पर्छन् । विरलै घटनामा मात्र पुरूषहरु पीडित भएको देखिन्छ ।

यो घटनामा सभामुख भएकै कारण मुद्दा नचलाउने हो भने रोशनी शाहीलाई झुटो उजुरी गरेवापत सजाय गर्ने कानुनी बाटोसमेत बन्द हुन्छ ।

जाहेरी सके किटानी, नसके लिखित वा मौखिक सूचनाको आधारमा प्रहरीले अनुसन्धान गर्नसक्ने र सरकारी वकिलमार्फत अदालतमा अभियोगपत्र दायर गर्न मुलुकी फौजदारी अपराध सहिंताले व्यवस्था गरेको छ ।

मुद्दा चलाउन अपराधी पुष्टी भएको खण्डमा ठूलालाई पनि कानुन लाग्नेरहेछ भन्ने प्रमाणित गर्न र आरोप झुठा ठहर भएमा झुठो उजुरी गर्नेलाई दण्डित गर्न पनि यसलाई प्रहरी अनुसन्धानको दायरामा ल्याउनु जरुरी छ ।

नेपालको कानुनअनुसार हेर्ने हो भन्ने हामीसँग घरेलु हिंसासम्वन्धी ऐन, कार्यस्थलमा यौन यौनजन्य दुर्व्र्यवहार सम्वन्धी ऐन, वैवाहिक बलात्कारसम्वन्धी ऐन काफी छन् ।

जसअनुसार कुनै पनि महिलामाथि कुनै पनि प्रकारको हिंसा गर्नेलाई सोही अनुसारको कानुनी व्यवस्था छ ।

यो पनि हेर्नुहोस् - महरा कृष्णबहादुर त गए : पालो आउला कि अरू 'कृष्ण'को पनि ? 

नेपाली राजनीतिका एक हर्कते 'कृष्ण बहादुर' को कृष्णलीला रासलीलामा परिणत भएपछि उनी ढलेका छन् । यस्ता हर्कते 'कृष्णबहादुर उनी एक्ला हैनन्, नेपाली राजनीतिका चप्पा चप्पामा छन् । यो घटनाले अरू 'कृष्णबहादुरहरू' पनि ढल्ने हुन् कि ? गौरीशंकरबाट नापिने समय त्यसको पर्खाइमा उभिएजस्तो देखिन्छ Details

वैवाहिक बलात्कारलाई कानुनले सजाय तोकेको अवस्थामा ती महिलामाथि भएको घटनालाई उनको शरीरमा भएको चोटपटक हेर्ने हो भने पनि उनीमाथि हिंसा भएको देखिन्छ ।

विक्षिप्त अवस्थामा दोस्रोपटक भिडियो अन्तवार्ता दिएकी ती महिला अहिले कुन अवस्थामा कहाँ होलिन् ?

खै त महिला अधिकरकर्मिहरु यतिवेला कहाँ छन्? किन मौन छन्? 

शक्ति र पदमा रहेका व्यक्तिमाथि लागेको आरोपको घटनाले गर्दा अधिकारको क्षेत्रमा काम गर्नेलाई समेत प्रभावमा पार्छ भन्ने ज्वलन्त उदाहरणको रुपमा यस घटनालाई लिन सकिन्छ ।

महिलामाथि हुने हिंसाको यति संवेदनशील घटनामा सत्यतथ्य बाहिर ल्याई महिलालाई न्याय दिने सवालमा पनि शक्ति र सत्ताले महिला आन्दोलनलाई यसरी शिथिल बनाउँदै लान्छ भने महिला अधिकारको सवालमा राजनीतिक आस्थाभन्दामाथि उठेर लड्छौ भनि फूर्ति लगाउने महिलालाई पाखा लगाएर अव नयाँ पुस्ताले यसको नेतृत्व गर्नु जरुरी देखिन्छ ।

प्रकाशित मिति: : 2019-10-04 12:47:15

प्रतिकृया दिनुहोस्