केही वर्ष पहिला काठमाडौंमा एक २९/३० वर्षीय युवासँग भेट भयो । अति भद्र देखिने उनीसँग परिचय गर्न मन लाग्यो । मैले आफ्नो परिचय दिएपछि उनले भने- मेरो नाम जयश्वर शर्मा, फलानो मन्त्रालयमा छु, सुव्वा हुँ । जव उनले आफ्नो परिचय दिए, मलाई त ढुङ्गा खोज्दा देउता मिलेझै भयो । मैले बिचैमा कुरा काटेँ- ओहो, सुव्वासाप हुनुहुदो रहेछ । मेरो सानो काम थियो, सहयोग गरिदिनु हुन्छ कि ? बरु म पनि सकेको केही सहयोग गरौला । जयश्वर सुव्वासापले भने- सर, यस्तो कुरा मसँग नगर्नु होस् म तपाईलाई सहयोग गर्नेछु । मलाई यो वापत केही चाहिदैन, सर म त्यस्तो कर्मचारी होइन ।
भोलिपल्ट सुव्वासाप'ले मन्त्रालयमा बोलाए । सिंहदरवार दक्षिण गेटमा आएर फोन गर्नु भनेका थिए, मैले त्यसै गरेंँ । उनले त्यहाँ भनिदिए पछि म सरासर उनको मन्त्रालय पुगेँ । उनले भने- तपाईको यो व्याक्तलगत काम होइन, समाजका लागि काम रहेछ । त्यसैले म तपाईलाई मैले सकेको सहयोग गर्छु । सधैभरि तपाईलाई लिन जान सक्दिन, वरु एउटा पास वनाइ दिन्छु ।
उनले त्लेयसो भनेपछि मलाई झन सजिलो हुने भयो । फोटो दिएँ । उनले १५ दिनको हैन, तीन महिनाकै लागि पास वनाइ दिए । एक दिन सुव्वासाप'सँग गफैगफमा भनेँ- सुव्वासाप जापँ पोर्चुगल । उनले भने- 'नाईँ म विदेश नजाने । देशमै केही गर्ने हो । अब अर्को वर्ष अधिकृत लड़्ने हो । नाम निकाल्छु । २ छोरी छन् । उनीहरु लाई पढाउँछु । जेनतेन यही केही गर्छु ।' फेरि उनले अगाडि थपे- 'एसएलसी फ़ेल भएपछि स्कूलमा सबै साथी अमेरिकातिर लागे । अंग्रेजीमा ट्यालेव्ट हुने अस्ट्रेलिया गए । मेरो विषय मेजर नेपाली हो । यही विषमा एमए गरे यता कानुनमा पनि एलएलबी गर्दैछु । मलाई यही राम्रो छ ।'
केही दिनको वसाईपछि म विदेशतिर लागेँ । मैले केही उपहार दिदा पनि उनले लिन मानेनन् । उनले भने - 'मैले कुनै कुराको अपेक्षा गरेर तपाईंलाई सहयोग गरेको हैन । मलाई केही चाहिदैन ।' उनले यसो भनिरहदा मैले भने - 'सुव्वासाप तपाई यदि घुमघामको लागि युरोप आउनु भयो भने जसरी नि पोर्चुगल आउनु होला है ।'
जयश्वर सुब्बासापले हुन्छ भन्नु भयो । त्यसपछि हामी छुट्टियौै । केही दिनपछि म विदेशतिर लागें । सुरु का २/४ महिना त फेसबुकमा हेलो-हाय पनि भयो । त्यसपछि उहाँ आफ्नै काममा लाग्नुभयो, म पनि आफ्नै काममा व्यस्त भएँ । त्यो हेल्लो-हायको औपचारिकता पनि क्रमश: पातलिदै गयो ।
...........................
केही दिन अगाडि पोर्चुगलको राजधानी लिजवनको मार्टेमुनिज पार्कमा हिड्दै थिएँ । होटल मुन्डेलअगाडि रुखको छहारीमुनि एकजना नेपाली देखेँ । अग्लो क़दको ती नेपालीलाई चिनेजस्तै लाग्यो । नजिकै गएर हेरेंको जयश्वर सुब्बासाप पो रहेछन् । मैले झ्याप समातेर भनी हाले- 'सुव्वासाप ।'
सुरूमा त उनी अकमकिए, तर केही बेरपछि उनले पनि चिने ।
लामो गफ भयो । मैले सोधें- कति भयो आएको सुव्वासाप ? उनले भने- ४५ दिन भयो । मैले सोधेँ- किन खवर नगर्नु भएको मलाई ? उनले भने- 'खै सर, मैले सम्झेको त हुँ । यहाँ आएर संगत गर्दा थाहा भयो परदेशमा आफ्नो भन्ने कोही नहुने रहेछ ।' मैले प्रतिवाद गरेँ- 'सुव्वासाप तपाईले भनेको त ठीक हो । तर, तपाईले मलाई जुन गुन लगाउनु भयको छ, त्यो गुन तिर्न भए पनि सहयोग गर्छु । तपाई अधिकृत हुने विदेश जादै नजाने भनेर अड्डी कस्नु भएको थियो । कसरी आउनु भयो भन्नुहोस् न ।'
इमान्दारिताका साथ काम गरे वापत म समाज र परिवारमा मायाको होइन, घृणाको पात्र वनेँ । किनकि मैले घुस खाइँन, तलवले मात्र न आवश्यकता टार्न सकें, न कसैलाई खुशी बनाउन नै सकें । डिप्रेसनमा जान्छु जस्तो भैसकेको थियो मेरो अवस्था ।
मेरो अनुरोधलाई सुव्वासाप'ले नाइँ भन्न सकेनन् । र, बेलिबिस्तार लगाउन थालेँ आफ्नो जीवन कहानी ।
'हेर्नुहोस् पढाईमा म तगडा नै थिएँ । एसएससी पनि राम्रै अंक ल्याएर पास गरेँ । + २ र स्नातक सरासर पास गरेँ । लोकसेवामा लडेको, त्यसमा पनि पास भैहालेँ । सरकारी जागीर पनि नासुवाट सुरू गरें ।'
मेरा श्रीमती र दुई छोरी छन् । तपाईले देखिहाल्नु भो जागिर काठमाडौंमा तलव २५ हजार थियो । जागिर सुव्वाको छ मेरै तहका साथीहरु एयरर्पोटमा छन् । मन्त्रालयमा मन्त्रीको आसेंपासे छन्, जुन दलको मन्त्री आयो, त्यही दलको रङ फेरिहाल्छन् । कमाई राम्रो छ, घर-घडेरी जोडेका छन् । तर, म कुनै दलमा पनि लागिन, युनियनमा पनि लागिन । चाकडी गर्न पनि आएन र त्यसतिर लागिन पनि ।सरकारले दिएको तलववाहेक मैले कहिल्यै कहींवाट अतिरिक्त आर्थिक लाभ लिइन ।
२५ हजार तलवमा ७५ सय डेरा भाडा तिर्नुपर्छ । एउटी छोरी युरोकिड्समा, अर्की छोरी अर्कै एऊटा वोर्डिङ्गमा पढि्छन् । दुई छोरीको खर्च ८ हजार छ । वैनीको विहे गरियो, ८ लाख ऋण छ । महिनाको व्याज मात्र १२ हजार तिर्नुपर्छ । खाना यताउता मसलन्द खर्च ६ हजारभन्दा माथि छ । केही महिना अगाडि श्रीमतीको पत्थरीको अपरेसन गर्दा ३० हजार लाग्यो । गाउँ-घरवाट आउनेहरु पनि सरकारी जागिरे छ, प्रगति गरेको छ भन्छन् । कही सहयोग गर्दैन छुचो भयो भन्छन् । उता दिदी-बहिनीले दाइले भाउजूको कुरा सुनेर हामीलाई सहयोग गरेन भन्छन् । उता वुढीले भन्छन् गाऊले भन्दछन् ।
सुव्विनी आफू के खाएर सुव्विनी.. यस्तै यस्तै घोचपेच । अनि अफिस गयो, तोक आदेश आउँछ नेता उच्चपदस्थ कर्मचारीको । नगरौ आफू अप्ठेरोमा परिने, गरौ कुनै न कुनै दिन अख़्तियारको फन्दामा परिने । मैले धेरै काम नेता र हाकिमको सोर्सफोर्समा हैन, आफ्नै विवेक प्रयोग गरेर इमान्दारिताका साथ गरेँ ।
इमान्दारिताका साथ काम गरे वापत म समाज र परिवारमा मायाको होइन, घृणाको पात्र वनेँ । किनकि मैले घुस खाइँन, तलवले मात्र न आवश्यकता टार्न सकें, न कसैलाई खुशी बनाउन नै सकें । डिप्रेसनमा जान्छु जस्तो भैसकेको थियो मेरो अवस्था ।
एक दिनको कुरा हो, एकजना सत्ता पक्षका नेताले यो काम गरिदिनु पर्यो भने । मैले यसो हेरे, त्यो काम गर्दा कालान्तरमा फसिने जस्तो लागयो । त्यसैले गरिन ।
त्यसको एक महीनापछि मलाई दुर्गममा सरुवा गरियो त्यो पनि हुलाक कार्यालयमा । श्रीमतीलाई काठमाडौै छोडेर म कार्यक्षेत्र गएँ । केही महीनापछि वढुवाको लिस्ट आयो । मलाई थाहा थियो म अधिकृत पक्का हुन्छु । तर, म भइन । मभन्दा जुनियर र घुस चाकडी चाप्लुसीमा पोख्तहरू अधिकृत भए । एकपटक मैले कार्यक्षेत्रमा राजनैतिक हावी देखाउने मित्रलाई गाली गरेको थिएँ । तिनै मित्र राजनैतिक पहुँचको आधारमा अधिकृत भयछन् । उनी म कार्यरत कार्यालयकै अधिकृत हुने भए । उता गाउमा एसएलसी फ़ेल भएका मेरा साथीहरु प्रसाद भन्ने एक जना दलालको माध्यमवाट अमेरिका पुगे । त्यतिबेला २७/२७ लाख तिरेर अमेरिका पुगेका ती साथीहरुले नेपालमा नामी नामी स्कुलमा आफ्ना छोराछोरी पढाएका छन् । घर,गाडी सबै छ उनीहरूको । म इमान्दारीपूर्वक नेपालमा केही गर्छु भन्दा जतासुकैवाट वन्धनमा पर्न थालेँ । एकदिन श्रीमतीलाई सवै कुरा भनेँ । मेरो श्रीमती एकदम वुझकी छन् ।उनले गहभरि आँसु झार्दै मलाई विदेश जाने सल्लाह दिइन् ।
एकजना मैले निस्वार्थ सहयोग गरेका कुँवर थरका मित्र थिए । उनलाई मैले सवै कुरा भनेँ । उनले पनि मलाई सहयोग गरे । फ्रान्सको एउटा कार्यक्रममा भाग लिनको लागि कागजपत्र तयार पारिदिए । म त्यहाँ आउँदा मेरो सबै खर्च दुईलाख भन्दा वढी भएन । म यहाँ आयको ४५ दिन भयो । पोर्चुगलमा नेपालवाट हरेक तह र तप्काका मान्छे कार्ड वनाउन नै आएका रहेछन् ।
गाउँवाट काठमाडौं आउँदा त कति गार्हो हुन्छ यो त विदेश हो । म आएको ४५ दिन भो । यसरी उनले आफ्नो मनको वह पोखे । मैले उनको कुरालाई पत्याएँ किनकि नेपालमा त्यही अवस्था छ । प्रेम सञ्जेलजस्ता उपसचिवको कहानी हामीले सुनेको हौँ ।
घर फर्केर सुब्बसाप'को कोेसेली खोलेर हेरै, मस्यौरा र गुन्द्रुक रहेछ । मायाले दिएको कोसेली हातमा राखें । मेरो देशको वासनाको स्वर्गीय अनुभूति भयो मलाई । त्यसपछि एकाएक घरदेशको याद आयो र आफैसँग हराउन थाले । आखिर जहाँ पुगे पनि यो मन त नेपाली रहेछ ।
कयौ सोझा र इमान्दार कर्मचारी भ्रष्टाचारमा मुछिएर आत्महत्या गरेको सुनिएकै हो । तैपनि मैले अन्तिमपटक सुव्वासाप'लाई सोधेंँ- 'बडो विदेश आउँदिन भन्नु भयको थियो त । आउँनु भएछ । सुव्वासापले गीतको भाकामा भने- खान्न भन्थ्यौ करेली अचार, जान्न भन्दथ्यौ के लाग्ने रैचर ? गीतसँगै फेरि भने- 'हेर्नुहोस् हामी समय र परिस्थितिका दास हौ । समयले कहाँ पुर्याउँछ थाहा हुदैन ।' उनले हाँस्दै अगाडि भने- ' युरोप आउनु होस्, हयोग गरौला भन्नुभएको थियो । कि गफै मात्र हो, हैन भने लौ सहयोग गर्नुहोस् ।'
मैले पनि एकजना खतिवडा र अर्का न्यौपाने थरका मित्रलाई सवै कुरा वताएँ । खतिवडाले कोठाको व्यावस्था गरिदिए । अनि न्यौपैनेले एउटा काम खोजिदिए । सुव्वासाप' अहिले ओरन्ते भन्ने ठाउँको एक चाइनिज रेस्टुरेन्टमा भाँडा माझ्ने काम गर्छन् ।
धेरै दिनपछि आज फेरि सुव्वासाप सग भेट भो । सुब्बासाप भन्दै थिए- मैले नेपालमा इमान्दारितासाथ काम गरेको फल यहाँ पाएँ ।' मैले सोधें- कसरी । उनले भने- 'नेपालमा कुँवरजी, यहाँ तपाई, न्यौपानेजी र खतिवडाजीले सहयोग गर्नुभयो । मलाई ६५० युरो तलव दिन्छ साउजीले । महिनाको ५५/६० युरो टिप्स पाइदो रहेछ । शारीरिक काम गार्हो भएपनि मानसिक टर्चर छैन । भाडै माझे पनि म ४० हजार त नेपाल पठाउँदछु ।' उनले अगाडि थपे- ' मेरो एउटा अनुरोध द्ध । कृपया मलाई सुव्वासाप भनेर नवोलाउनु होदा । त्यसले मलाई थप पीडा दिन्छ ।'
हामीले पनि 'हवस्' भन्यौ ।
केही दिनअगाडि 'युरोपमा छचल्किएका लेक्चरका आँसु' अनि '४० कटेसी रमाउला' शीर्षकका मेरा लेख पढेका रहेछन् सुब्बासापले । त्यसपछि उनले हाँस्दै भनें- 'फेरि सुव्वासाप'को छचल्किएका आँसु' नलेख्नु होला है ।' त्यसो भए 'सुव्वासाप'लाई पोर्चुगलमा भेट्दा 'लेख्छु है त ?, मैेले अनुमति मागें ।
उनले भने- ' नाम, ठेगाना र पदचाँहि नलेख्नु होला ।'
अनि, झोलाबाट एउटा पोको निकालेर मतिर बढाउँदै भने- 'मेरो तर्फबाट यो सानो कोशेली हो । उपहारका रूपमा प्रेमपुर्वक स्वीकार गरिदिनु होला ।'
त्यसपछि हतारोमै विदाइका हात हल्लाउँदै उनले भने- 'अहिले चाँहि म लागें । आजै वैक एकाउन्ट खोल्नु छ । पृथ्वी गोलो छ, कुनै दिन भेट होला नै ।'
सुब्वासाप'ले नापेको बाटोतिर आँखा बिछ्याएर टाढासम्म हेरिरहे । मनमा एउटै प्रश्न पटकपटक झुत्ती खेल्न आइरह्यो- 'के अव इमान्दार तथा कर्तव्यनिष्ठ नेपालीलाई नेपालमा ठाउँ नभएकै हो त ?'
घर फर्केर सुब्बसाप'को कोेसेली खोलेर हेरै, मस्यौरा र गुन्द्रुक रहेछ । मायाले दिएको कोसेली हातमा राखें । मेरो देशको वासनाको स्वर्गीय अनुभूति भयो मलाई । त्यसपछि एकाएक घरदेशको याद आयो र आफैसँग हराउन थाले । आखिर जहाँ पुगे पनि यो मन त नेपाली रहेछ ।
क्रमश: