मुम्बईमा भएको रेल दुर्घटनामा १५ को मृत्यु

तस्बिरः एजेन्सी

मुम्बई । भारतको मुम्बईमा रेल दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ। प्रहरी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पैदल यात्रीले बाटो काट्ने वा रेलमा झुण्डिएर यात्रा गर्ने क्रममा रेलबाट झरेर दुर्घटना भएको हो।

बिहीबार भएको घटनामा परी अरु कम्तीमा १३ जना घाइते भएको प्रहरी प्रवक्ता एस. आर. गान्धीले बताए।

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा सजिलोका लागि सबैतिरबाट बाटो काट्ने गरेकाले धेरै दुर्घटना भएको प्रहरीको भनाइ छ। ‘मुम्बईका अत्यधिक धेरै मान्छे छोटो बाटो प्रयोग गर्न चाहन्छन्,’गान्धीले भने।

मुम्बईमा दैनिक ७५ लाख यात्रुले रेल सेवा प्रयोग गर्छन्। यो सङ्ख्या अत्यधिक धेरै भएकाले रेलमा धेरै भीड गराउने गरेको छ । मुम्बईको रेल सेवा उपनिवेशकालीन हो । रेल सञ्जालअन्तर्गत हुने दुर्घटनाका कारण भारतमा औसतमा दैनिक दश जनाको मृत्यु हुने गरेको छ । उनीहरुमध्ये अधिकांशको रेलमा हुने भीडभाड र बाटो पार गर्ने क्रममा मृत्यु हुने गरेको अधिकारीहरुले बताएका छन् ।

सरकारी तथ्यांकअनुसार सन् २०१५ देखि २०१७ सम्ममा भारतमा रेल दुर्घटनामा परी करीब ५० हजार जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: : 2019-07-19 23:24:24

प्रतिकृया दिनुहोस्