मेराे विद्यालयकाे घन्टी बज्याे।विद्यार्थीहरू लाइन लागे।प्रार्थना सकियाे।म कक्षाकाेठामा गएँ।विद्यार्थीहरु काेठाभित्र खेल्दै थिए। कक्षाकाेठा अलि फाेहर थियाे।म र विद्यार्थी मिलेर कक्षाकाेठा सरसफाइ गर्याैँ।त्यसैबेला मलाई अभ्यास शिक्षण संयाेजकद्वारा बाहिर बाेलाइयाे।मलाई तुरुन्तै दुई ठाउँमध्ये कुनै एक ठाउँमा बाह्य सुपरीवेक्षणका लागि जान राेज्न लगाइयाे।मैले अलि टाढा जाने रहरले टाढाकै विद्यालय राेजें।साथी खाेजी हेरें छाेटाे समय भएकाले राम्ररी सल्लाह गरी हिंड्ने समय पनि पाइन।म एक्लै जान तयार भएँ।मलाई विद्यालय पुग्न हताराे भयाे।म एकपटक काेठामा जाने सुरले काेठातिर लागें।दिन अलिक घाम लागेर गर्मी थियाे।म अलि हतारले हिंडेकाे हुनाले काेठामा पुग्दा मेराे शरीर पसिनाले भिजेकाे थियाे। मैले लगाएकाे बाक्लाे लुगा फुकालें। टाउकाबाट टाेपी निकालेर ओछ्यानमा राखें। चश्मा निकालेर राखें।अनि थर्मसमा पानी मनताताे थियाे, ठुलाे गिलासमा खनाएर एक गिलास खाएँ। लुगा अलि मिलाएँ अनि अलि हतारिएर काेठाबाट निक्लें।
मैले पुग्नुपर्ने विद्यालय खासै टाढा त हाेइन तर समयमा पुग्दा आफैलाई सजिलाे हन्थ्याे, के गराैं ? हिंडेर जाने कि गाडीबाट जाने भन्ने बाटाभरि मनमा कुरा खेलिरहेथ्याे।ओरालाे ढुङ्गेनबाटाेमा मेराे छेवैमा घ्याच्च तीनपाङ्गे गाडी राेकियाे।एक्कासी साेधी हालेछु, श्रीढुस्का जान्छ ? ड्राइभरले भन्याे, जान्छ।म गाडीभित्र पसिहालें। लगभग १० मिनेटभित्र म विद्यालयकाे गेट छेवमै ओर्लिएँ।
म सहभागी विद्यार्थीहरू सबैलाई नामबाट चिन्न सक्दिनथेँ।अनुहार देखेकाे खण्डमा भनें चिन्न सक्थें।म विद्यालयकाे गेटबाट भित्र पसें। केही विद्यार्थी भेट्नका लागि आए। म उनीहरूसँग कुरा गर्दै अफिस काेठातिर लागें। म उनीहरूकाे हाजिर र रुटिन हेर्न चाहन्थेँ।म अफिसकाेठा भित्र पसें तर मलाई अँध्याराे जस्ताे लाग्याे। मलाई एकजना सरले रजिस्टर पल्टाएर एकजना विद्यार्थी नआएकाे जानकारी गराउँदै हुनुहुन्थ्याे।मैले उसकाे नाम हेर्न चाहें। मेराे हात छातीमा चश्मा झिक्न पुग्याे तर त्यहाँ चश्मा थिएन।म नराम्ररी झस्कें।मन ज्यादै खुम्चिएर ओयाे तर धैर्य गरें।म अफिसकै ठीक बाहिर मञ्चमा निस्किएँ।विद्यालयकाे मञ्चमा झाेला अनि कार्डबाेर्ड बाेकेका केटीहरूकाे जमात थियाे।मैले साेधें काे हुन् उनीहरू ? विद्यार्थीहरूले भने उनीहरू अरु दुईवटा विद्यालयका विद्यार्थी हुन्। उनीहरूकाे पनि आज नै एक्सटरनल हुने रे।सरलाई कुरेर बसेका हुन्।आज पढाउने पालाे पाइन्न। छिटाे गरेर चेकिङ्ग सकिहाल्नु पर्छ। हेर्दा रङ्गीचङ्गी मेलाजस्ताे लागिरहेकाे बेला मलाई पनि मनमा कताकता कुराे ठीकै जस्ताे लागेर आयाे। लाै कसकस्काे कहाँ कहाँ छ तयार हाै, मैले भनें। म आफै पनि कक्षा अवलाेकनका लागि तयार भएँ।
नाैजना विद्यार्थीकाे कक्षा अवलाेकन एकजनाले सम्भव हुँदैनथ्याे।मनमा याेजना बनाएँ- कसैकाे सुरुवात हेर्नु पर्ला, कसैकाे मध्य अनि कसैकाे समापन।पढाउन लागेकाे कक्षाकाेठामा प्रवेश गर्दा मलाई विद्यार्थीहरूले अभिवादन गरे।मैले विद्यार्थीहरू गनें ,कक्षा ७ मा सातजना रहेछन्।छात्राकाे सङ्ख्या बढी रहेछ।मैले बस्न भनें, उनीहरू अभिवादनका साथ बसे।म पनि कक्षाकाे पछाडि उज्यालो ठाउँमा गएर बसें।कक्षा अवलाेकन गर्नुपर्ने विद्यार्थी बहिनी मभन्दा केही अगाडि पसेर के गर्ने भनेर अलमलमा परेकी थिइन्।मैले कक्षा सुरु गर्न भनेपछि आफूसँग भएकाे आवश्यक सामग्री तयार गर्न लागिन्। उनलाई एकपटक हेरें उनकाे अनुहार अत्यासले राताे, बाेली पनि मलिन र मधुराे अनि कक्षाकाेठाकाे वातावरण असजिलाे भएकाे महसुस गरें।मैले उनीसँग पाठयाेजना मागें।उनले आफ्नाे पाठयाेजना मलाई दिइन्। कुन् पाठ पढाउन लागेकी छाै भनेर मैले साेधें ? उनले आफ्नाे पढाउने पाठ दायाँबायाँ गर्दै पल्टाएर देखाइन् अनि अति नियन्त्रित हुँदै अगाडि गई लेख्न थालिन्।ह्वाइटबाेर्डमा आफ्नो सम्पूर्ण विवरण लेखी सकेपछि आफूले कार्डबाेर्डमा किरिङमिरिङ अक्षरमा लेखी तयार पारेकाे शैक्षिक सामाग्री, चार्ट, विद्यार्थीकाे सहयाेगमा मुस्किलले सेल्लाे टेपले आफुले लेखेकाे विवरणमाथि ढ्याप्प टाँसिन्, मैले पनि केही नबाेली हेरिरहें। मेराे बाेल्ने पालाे थिएन।
आपतकाे बेलामा सहयाेग गर्ने सहयाेगी नै साँचाे सहयाेगी हुन्।छात्र-शिक्षकका रूपमा गएका विद्यार्थीमध्ये चारजना केटा रहेछन्। किशाेर अवस्था उमेर नै चञ्चल त्यसमाथि केटाहरू त भए झन् नै चञ्चल।'पढाउन तयार गर है' भन्दा त धेरै नै अलमलमा थिए।'किन अलमल गरी हिंडेकाे? पाठयाेजना ल्याउ' भनी एउटा विद्यार्थीकाे पाठयाेजना हातमा लिएँ।पाठयाेजना हेेरें, पाठयाेजना पूरा गरेकाे थिएन। कक्षा अवलाेकन गर्नैपर्ने भएकाे हुँदा उसले कुनै पाठ पढाउनैपर्ने थियाे।उसले पाठ छान्याे।म सहमत भएँ।उसँग थाेरै शैक्षिक सामग्री थियाे।उसले पढाउने पाठ लेख्याे अनि असान्दर्भिक शैक्षिक सामग्री विद्यार्थीकाे सहयाेगमा बाेर्डमा टाँस्याे।विद्यार्थीकाे किताब लिएर आफ्नाे स्वभाविक आवाजलाई दबाएर झिनाे स्वरमा बाेल्न थाल्याे बेलाबेलामा ठुलाे स्वरले साेध्ने गर्थ्याे- 'सबैले बुझ्याै ?' विद्यार्थीहरू पनि भन्थे- 'बुझ्याैं सर।' अहाे ! शिक्षक र विद्यार्थीबीचकाे याे नाटकमा म एउटा दर्शक थिएँ। साँच्चिकै याे नाटकले मलाई भावुक बनाइ दियाे।एउटा दुःखीले अर्काे दुःखीको संवेदनामा मल्हमपट्टि लगाइ रहेकाे बेलामा मैले पनि संवेदनशील हुनु मानवीयता ठानें।
पाठयाेजनामा आफूले पढाएकाे विषय भित्रबाट लामा प्रश्न, छाेटाे उत्तर आउने प्रश्न तथा वस्तुगत प्रश्नका नमुना तयार गर्ने अनि वस्तुगत प्रश्नका उत्तर कुञ्जिका तयार गर्न लगाउने प्रचलन छ।मैले हेर्दै लाग्दा एकजनाकाे प्रश्नहरुकाे नमुना तयार नगरेकाे ठाउँमा खालि थियाे।मैले उसलाई भनें यहाँ त खाली रहेछ।उत्तर आयाे- 'सर मलाई त मल्टिपल च्वाइस भनेकाे थाहा भएन, त्यसैले खाली ठाउँ राखिदिँए।' मैले सम्झाइ दिएँ।ए त्याे त थाहा थियाे नि, सर।अब त्याे खालि ठाउँमा राताे मसीले राइट दिनुहाेला म लेखेर ल्याइदिउँला।मैले उसको अनुहारमा गाैर गरी हेरें अनि अनुहारमा झल्किएकाे निरिहपनले मेराे मनमा के भयाे कुन्नि?, मैले पनि उसले भनेअनुसार नै राइट लगाइ दिएँ।
विद्यार्थीहरूले विद्यालय प्रतिवेदन भनेकाे के हाे ? कसरी लेख्ने ? हामीलाई लेख्न सिकाइ दिनु पर्याे भनी मलाई साेधि रहेथे तर अर्काेतिर मलाई मेरै मनले मलाई नै साेधिरहेथ्याे अहिले मैले बनाउन सिकाएपछि यिनीहरूले प्रतिवेदन किन कसका लागि बनाएर बुझाउने हुन् ? कुन प्रयाेजनका लागि बुझाउने हुन ? तर म विद्यार्थीकाे समस्या हल गर्न तयार भएँ। मैले एउटा विद्यार्थीकाे कपी मागें। मैले अावश्यक बुँदाहरू लेखेर एउटा फर्मेट तयार गरी सम्झाइ दिएँ। अन्य विद्यालयका विद्यार्थीहरू पनि खुसीले सार्न खाेजेकाे देख्दा मलाई रमाईलाे पनि लाग्याे। विद्यार्थीहरू खासखुस गफगर्दै हाँस्दै जिस्कदैँ समुहमा वरतिर परतिर गरिरहेकाे देखेर पनि रमाइलाे लाग्य्याे। मलाई नास्ता के खानु हुन्छ ? के तयार गर्ने ? तपाईंलाई के मन पर्छ ? भन्नू हाेला हामी तयार गर्न लगाउँछाैँ भन्दै मलाई साेधि रहेथे। मलाई भाेक लागेकै थिएन तर मेराे भाेक जगाइँदै थियाे।
सूक्ष्म शिक्षणकाे अर्थ विद्यालय जानु अगाडि विद्यालयमा गएर विद्यार्थीकाे अगाडि के कसरी प्रस्तुत हुने भन्ने हाे। यस्ता ज्ञान दिन सूक्ष्म शिक्षणमा अभ्यास गराइन्छ।अथवा पाठयाेजना भनेकाे के हाे ? याे कसरी निर्माण गर्ने ? शैक्षिक सामग्री के हुन् ? कसरी निर्माण गर्ने अनि कसरी प्रयाेग गर्ने ? शिक्षण विधि के हुने ? कक्षालाई कसरी आफ्नाे नियन्त्रणा राख्ने आदिका बारेमा छलफल हुन्छ।त्यस्तै विद्यार्थी अवस्था अध्ययन, विद्यालय प्रतिवेदन लेखन आदिसम्बन्धी पनि छलफल हुन्छ।याे व्यवहारिक ज्ञान हाे।याे घाेकेर हैन, गरेरै मात्र सिकिन्छ।त्यसैले अनिवार्य उपस्थित आवश्यक हुन्छ।तर, विद्यार्थीहरू यसलाई किन हाे वेवास्ता गरिदिन्छन्।बरु सूक्ष्म-शिक्षण सुरु भएपछि प्रिन्सिपल र अभ्यास शिक्षण प्रमुखकाे माेवायलमा रिङटन बज्न सुरु हुन्छ रे।कल रिसिभ गर्दा सुनिन्छ रे मलाई चिन्नु भएन र ? म के म तपाईंकाे। मेराे सानाे काम छ। नआइ हुन्न र सर ?
मलाई पनि एक दिनकाे घटना सम्झना छ।म विद्यालयबाट फर्किरहेकाे थिएँ।बाटामा एउटा मानिस मेराे छेउमा हल्लदै आइपुग्याे।मलाई अदबका साथ नमस्कार गर्याे।अनि भन्याे- 'सर, म तपाईंलाई धेरै पहिलादेखि चिन्छु। तपाईंलाई म एकदम नजिककाे मान्छे लाग्छ अनि विश्वास गर्छु।मैले उनलाई दुःखी बनाउन चाहिन अनि भनें- 'भन्नाेस् न, मैले के गर्नु पर्ने हाे ? उनले भने मेराे छाेराे त्यहीं पढ्छ। ऊ अहिले जे टि के सुर्खेत पढ्दैछ।स्कुलमा सूक्ष्म तालिम हुँदैछ रे। जसरी पनि हाजिर मिलाई दिनुपर्याे।ऊ आइज है भन्ने बित्तिकै आइहाल्छ।उसले दुबै ओठकाे छेउभरि थुक निकाल्याे र हातले पुछ्याे।ऊ केहीबेर राेकियाे अनि तपाईंमाथि भराेसा गर्छु भनेर सिधा उभिने काेशिस गर्दै बाटाे लाग्याे।मैले पछाडिबाट हेरें। ऊ दायाँबायाँ हल्लदैँ जाँदै थियाे।सम्बन्ध र सम्पर्क राख्न नसक्ने अनि निरीह र निमुखालाई पीडा व्यक्त गर्न कति धेरै गाह्राे छ।कसैकाे अथवा केही न केहीकाे सहारा लिनै पर्ने ।
म विद्यार्थीसँग विदा भएर हिँडे।गेटबाट बाहिर निस्कना साथ एकैचाेटि दिनभरिकाे कामकाे प्रभावले मगजमा गाँज्न थाल्याे तर म शून्य थिएँ।मेराे पसिना पुछ्ने रुमाल थिएन।मेराे दृष्टिदाेष हटाउने साथमा चश्मा थिएन। परीक्षार्थीकाे नाम टिप्ने कागज र कलम थिएन।मसँग विद्यार्थीका लागि आवश्यक सहपाठी मूल्ङ्यांकन फाराम थिएन। मसँग बाह्य-सुपरीवेक्षककाे नियुक्ति थिएन।बाह्य-सुपरिवेक्षण भनेकाे के हाे ? आजलाई जिम्मेवार म, मलाई कसैले केही साेधेन।म मेरा विद्यार्थीलाई साेध्न सक्थेँ तर मैले पनि कसैलाई केही साेधिन।मेराे मनमा यिनै कुरा छचल्किदैँ थिए। मेराे छचल्काइ पछाडिकाे हर्नले भङ्ग भयाे।फर्किएर हेरें।आवाज आयाे-'सर, जाने हाे बजार?' तीनपाङ्ग्रे खाली थियाे।बिहानझैँ केही नसाेची गाडीमा चढें। हावाले शरीरमा बेसरी हान्याे।कतै शान्त र कतै उर्लन्दाे तीलानदीकाे बहाव अनि कतै हरियाली र कतै सुख्खा गाउँकाे दृश्यमा मन गयाे। त्यसैमा हराउँदै डेरा फर्कें।