कुबेतमा आगलागी : ज्यान जानेमा तीन नेपाली

तीनजना नेपालीको ज्यान लिने गरी आगलागी भएको अपार्टमेन्ट ।

कुवेतमा शनिबार राति भएको एक आगलागीको घटनामा तीन जना नेपालीको मृत्यु भएको बताइएको छ ।

मृत्यु हुनेको सनाखत विजय बैठा, अप्सरा कामी र गौरी दर्जीका रूपमा भएको छ । सर्लाहीका वैठा अलबहार फर क्लिनिङ कम्पनीमा कार्यरत थिए ।

अप्सरा र गौरी घरेलु कामदार रहेको बताइएको छ । उनीहरू आफ्नो मालिकको घर छाडेर त्यस अपार्टमेन्टमा बस्दै आएका थिए । 

आगलागी कुवेतको आप्रवासी कामदार बस्ने नमहाबुल्ला-२ स्थित अपार्टमेन्टमा भएको हो ।यस क्षेत्रमा नेपाली कामदारको बाक्लो उपस्थिति रहेको छ ।

आगलागीमा १२ जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते हुनेमा नेपाली परे कि परेनन् ? त्यस बारेमा जानकारी प्राप्त हुन सकेको छैन ।

मृतक नेपालीको शव फर्वानिया अस्पतालमा राखिएको छ । 

आगलागीका कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रकाशित मिति: : 2019-07-15 09:05:13

प्रतिकृया दिनुहोस्