राजीव गान्धीको हत्यारा ३० दिनको पेरोलमा जेल बाहिर

Agency

भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धी हत्याकाण्डमा लामो समयदेखि जेलमा बन्दी जीवन बिताइरहेका एजी पेरारिवलन ३० दिनको पेरोलमा बाहिर आएका छन्।

उनलाई बुवाको स्वास्थ्यस्थिति खराब भएपछि अदालतले पेरोलमा ३० दिन बाहिर बस्ने सुविधा दिएको हो। उनी भेल्लोर सेन्ट्रल जेलमा बन्द थिए।

यसअघि राजीव गान्धीको हत्या मामिलामा दोषी ठहर भएकी नलिनीलाई पनि यसै वर्ष छोरीको विवाहको तयारीका लागि ३० दिनको पेरोलमा बाहिर निस्किने सुविधा दिइएको थियो।

राजीव गान्धीको हत्यामा हाल ४ जनाले जेलको सजाय भुक्तान गरिरहेका छन्। पेरारिवलन र नलिनीबाहेक सन्तन र मुरुगन पनि जेलमै कैद छन्। मुरुगन नलिनीका श्रीमान हुन्। तमिलनाडुको श्रीपेरम्बुदूरमा चुनावी सभालाई सम्बोधन गर्न जाँदा २१ मे १९९१ मा राजीवको हत्या भएको थियो। उनको हत्यामा लिट्टेले आत्मघाती बम बिस्फोट गराएको थियो।

प्रकाशित मिति: : 2019-11-13 19:40:50

प्रतिकृया दिनुहोस्