‘खुला सीमा बन्द गर्नुपर्छ’

फाइल तस्बिर

नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का कर्णाली प्रदेश संयोजक सरोज गोसाईले नेपाली सेना र सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा तैनाथ राखेर खुला सीमा बन्द गर्नुपर्ने बताएका छन् ।

भारतले गरेको सीमा अतिक्रमणका विरोधमा आज राजधानी वीरेन्द्रनगर सुर्खेतमा नेमकिपा कर्णाली प्रदेशद्वारा आयोजित विरोधसभामा उनले अगाडि भने, “अब नेपालले नयाँ संस्करणको नक्सा प्रकाशित गर्नुपर्छ ।”

सभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य सर्जु फसिकवाले लिपुलेकको विवाद पटकपटक देखापरे पनि कुनै पनि सरकारबाट समस्या समधान हुन नसकेको टिप्पणी गरे । नेपालले कूटनीतिक तवरबाट समस्या नगरेसम्म यसले सीमा अतिक्रमण गरिरहने र विवाद कायम भइरहने उनको जिकिर थियो ।

प्रकाशित मिति: : 2019-11-10 21:02:06

प्रतिकृया दिनुहोस्