उपत्यकामा दुर्गन्ध फैलाउने तीन जना छुटे

फाइल तस्बिर

केही सातादेखि काठमाडौं उपत्यकामा भैंसीका हड्डी तथा छाला जलाएर दुर्गन्ध फैलाउने तीन जनालाई प्रहरीले छाडेको छ ।

शनिबार स्थगत निरीक्षण गरेसँगै उनीहरूलाई १२ हजार रुपैयाँ जरिवना तिराए छाडिएको महानगर प्रहरी निरीक्षक सुवर्ण व्यञ्जनकारले जानकारी दिए ।

गत सोमबार राति साडे ११ बजे प्रहरीले नख्खु खोलाबाट बधशालाबाट ल्याइएका छाला तथा हड्डी जलाइरहेको अवस्थामा सातदोबाटो प्रहरी वृत्तले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा राजेश शेर्पा, शाजिद मुस्लिम र फेसल मुस्लिम रहेका छन्। मंगलबार उनीहरूलाई प्रहरीले स्थानीय सरकारको मातहतमा पर्ने भन्दै निवेदनसहित महानगरलाई बुझाएको थियो ।

प्रकाशित मिति: : 2019-11-10 17:34:42

प्रतिकृया दिनुहोस्