भारतविरुद्ध प्रदर्शनमा उत्रिएका कक्षा ८ देखि १२ सम्मका विद्यार्थी पक्राउ

बिएल

भारतीय नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको बिरोधमा प्रदर्शमा उत्रिएका नेत्र विक्रम चन्द्र (विप्लव)का २० जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कोटेश्वरस्थित सरस्वती माध्यामिक विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थी रहेका छन् ।

पार्टी महासचिव विप्लवले २० कात्तिकमा प्रेस विज्ञप्ति जारी गर्दै भारतले गरेको नेपालमाथिको हस्तक्षेपको विरोध गर्ने जनाएका थिए । पूर्वघोषित कार्यतालिका अनुसार आइतबार माइतीघरमा विरोध प्रदर्शन गरिएको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले विद्यालय पढ्ने विद्यार्थीलाई ल्याएर बीचमा विप्लव समूहका कार्यकर्ता छिरेको बताए । उनले भने, ‘अहिलेसम्म २० जना पक्राउ परेका छन् । यो संख्या अझै बढ्न सक्छ ।’

पक्राउ परेकालाई महागनरीय प्रहरी वृत्त, सिंहदारबार र नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा राखिएको सुवेदीले बताए ।

प्रकाशित मिति: : 2019-11-10 16:20:13

प्रतिकृया दिनुहोस्