पेस्तोल र विस्फोटक पदार्थसहित विप्लवका १६ कार्यकर्ता पक्राउ

प्रतिकात्मक तस्बिर

बाजुरामा प्रहरीले पेस्तोल र विस्फोटक पदार्थसहित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाकाका १६ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

गौमुल गाउँपालिका–३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका–३ जिनावाङका ५२ वर्षीय चुडामण वलीसहित १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू शुक्रबार पक्राउ परेको भए पनि प्रहरीले आइतबार मात्रै सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने ३ राउण्ड गोली, फलामको खाली सकेट १ थान, बारुद २ किलो २ सय ग्राम, एउटा प्रेशरकुकर बम, इलेक्ट्रोनिक कमर्सियल डेटोनेटर ८ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैंची तथा सैन्य तालिम सम्बन्धी कागजात बरामद गरेको छ।

नियन्त्रणमा लिइएका वली बाहेक अरूको ना खुलाइएको छैन ।

प्रकाशित मिति: : 2019-11-10 15:11:22

प्रतिकृया दिनुहोस्