अयाेध्यामा राम मन्दिर बन्ने बाटाे खुल्याे: हिन्दु पक्ष दंग

Agency

भारतका विभिन्न शहरमा कर्फयु लागु भएको छ भने छिमेकी देश, विशेष गरेर नेपालसँग जोडिएका केही नाकासमेत शनिबार बन्द भयो। शनिवार भारतका मुख्य शहरमा अन्य दिनको तुलनामा चहलपहल कमै देखियो।

बर्षौदेखि प्रतिक्षामा रहेको अयोध्या भूमि विवाद शनिबार सर्वोच्च अदालतले टुंगो लगाउदै थियो। हिन्दू पक्ष र मुस्लिम पक्षबीच अयोध्याको मन्दिर भएको मुख्य भूमि कसको हो? भन्ने बिषयमा अदालतको फैसला आउनुअघि सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म सुनसान थिए।

शनिबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईको पाँच सदस्यीय इजलासले अयोध्या भूमि विवाद सर्वसम्मतिले टुंगोमा पुर्याएका हुन्। अदालतले अयोध्याको विवादित जग्गाको अधिकार हिन्दू पक्षलाई दिने निर्णय गरेको छ।

बंगलादेशका राष्ट्रपति हमिद ४ दिने भ्रमणका लागि मंगलबार नेपाल आउने

 

विवादित जग्गामा भगवान रामको अधिकार रहेको ऐतिहासिक फैसला अदालतले सुनाएको भारतीय जनता पार्टी, नेपाली समाज प्रकोष्टका महाराष्ट्र राज्य संयोजक धीरेन्द्र सिंहले प्रष्ट पारे। अब त्यो जग्गा हिन्दू पक्षको हुनेछ र चाडै राम मन्दिर पनि बन्ने छ –संयोजक सिंहले बिएल नेपाली सेवाका लागि भने– अदालतको निर्णयले कसैलाई चोट पुगेको छैन। सन्तुलित आदेश आएको छ।

अदालतले विवादित जग्गामा हिन्दू पक्ष अर्थात् रामललालाई अधिकार दिएपनि मुस्लिम पक्ष अर्थात् सुन्नी वक्फ बोर्डलाई अयोध्यामा अर्को छुट्टै जग्गा दिन सरकारलाई आदेश दिइएको छ। अदालतको यो निर्णयबाट के प्रस्ट हुन्छ भने सर्वोच्चको आदेश दुबै पक्षका लागि सन्तुलित छ।

आर्थिक वर्षको ३ महिनामा नेपालमा आयात घट्नुको मुख्य कारण

जग्गाको स्वामित्व पाउने पक्षलाई विश्वासको आधारमा नभई कानूनको आधारमा दिने फैसला गरेको अदालतले स्पष्ट पारेको छ। केन्द्र सरकारले तीन महिनामा योजना ल्याएर ट्रस्ट बनाउनुपर्ने उल्लेख गरेको छ। ट्रस्टले नै राम मन्दिर निर्माण कार्य सुरु गर्ने अदालतले स्पष्ट पारेको छ।

अदालतको निर्णयसँग मुस्लिम समुदाय भने सन्तुष्ट देखिएका छैनन्। सर्वोच्चको सुनुवाई लगतै मुस्लिम पक्षका वकिल जफर्याब जिलानीले अदालतको फैसलालाई सम्मान गर्ने बताएका छन्। उनले भने– अदालतले दिएको फैसलालाई सम्मान गछौं तर फैसलामा धेरै विरोधाभास छन्। त्यसैले हामी यस निर्णयबाट सन्तुष्ट छैनौं।

सर्वोच्च अदालतको निर्णयपछि हिन्दुवादी संगठन राष्ट्रिय स्वयम सेवक संघ (आरएसएस) प्रमुख मोहन भागवतले संघ आन्दोलनकारी संगठन नभएर मानव सृष्टि संगठन भएको बताए। यो निर्णयलाई जित र हारको हिसाबले हेर्न नहुने भागवतको भनाई थियो।

आँखा पढ्ने मान्छे!

राम जन्मभूमी–बाबरी मस्जिदबीचको विवादको मुद्धा पछिल्लो समय सर्वोच्च अदालतमा दुई महिना चलेको थियो। ४० दिनसम्म लगातार चलेको बहस अक्टोबर १६ मा सकिएको थियो। निर्णय भने शनिबार आएको हो।

इतिहास

अयोध्यामा राम मन्दिर र बाबरी मस्जिदको विवादको इतिहास पुरानो हो। भारत स्वतन्त्र हुनुअघि र मुगल शासकको अन्त्य लगतै विवादित भूमिमा सन् १८५३ मा दंगा भएको बताइन्छ। दंगा लगतै राम मन्दिर भत्काएर मुस्लिम समुदायले बाबरी मस्जिदमा प्रार्थना गर्ने गरेका थिए। सन् १९९२ मा हिन्दूको समूहले बाबरी मस्जिद भत्काएपछि दंगा भएको थियो। उक्त दंगामा २ हजार बढि मानिसको मृत्यु भएको थियो। लगतै हिन्दूले राम मूर्ति बनाई पूजा गर्न सुरु गरे। हिन्दू समुदाय र मुस्लिम समुदायबीच विवादित बनेको यो क्षेत्र वर्षौंसम्म अन्यौल मै रह्यो।

अमेरिकाको राष्ट्रपतिमा भिड्लान् त ट्रम्प र ब्लुमबर्ग ?

अयोध्यामा कसको हक भन्ने बिषयमै इलाहाबाद उच्च अदालतले विवादित जग्गा राम मन्दिर, सुन्नी वक्फ बोर्ड र निरमोही अखाडालाई समान रूपमा बाँड्ने निर्णय गरेको थियो। सो निर्णयमा तीनै पक्ष सहमत देखिएनन्। आ–आफ्नो दाबी सहित उनीहरु सर्वोच्च अदालत पुगेका थिए।
यही मुद्धाको फैसला शनिबार भएको हो।

प्रकाशित मिति: : 2019-11-09 17:27:18

प्रतिकृया दिनुहोस्