उप–निर्वाचनका लागि कार्यालय

बिएल

उप–निर्वाचनका लागि मोरङको धनपालनथान गाउँपालिका–२ मा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मोरङका जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकेर कार्यालय स्थापना गरिएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुरक्षार्थ प्रहरी सहायक निरीक्षकको नेत्रृत्वमा टोली परिचालन गर्दै सुरक्षा लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए ।

वडा अध्यक्ष बलीराम भगतको २०७५ जेठ २४ गते सर्पले टोकेर मृत्यु भएपछि त्यहाँ आगामी मंसिर १४ गते उप–निर्वाचन हुने भएको हो । अधिकृतको कार्यालयबाट स्थापना भएपछि निर्वाचनका लागि गर्नु पर्ने सबै कामहरु सुचारु गरिएको जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरले बताए । उनकाअनुसार दुईवटा मतदान स्थल रहेको वडामा पाँचवटा मतदान केन्द्र र चार हजार ७४ मतदाता छन् ।

 

प्रकाशित मिति: : 2019-11-06 22:28:19

प्रतिकृया दिनुहोस्