प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षक पक्राउ

बिएल

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षक पक्राउ परेका छन् ।

मंगलबार बिहान मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसहित ३० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको हो ।  उनिहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा राखिएको छ ।

सेवाबाट मुक्त गरिएपछि निरन्तर आन्दोलन गर्दै आएका अस्थायी शिक्षकहरुले पुनर्बहाली गर्नुपर्ने माग राखेका छन् । कर्मचारीलाई भित्र छिर्न नदिने गरी ताला लगाएर मूल गेटमा धर्ना दिने योजना बनाएकाले पक्राउ गर्न परेको प्रहरीले जनाएको छ ।

यसअघि अस्थायी शिक्षकहरुले सोमबार मुख्यमन्त्री कार्यालय अगाडि आधा घण्टा चक्काजाम गरेका थिए । त्यसअघि, अस्थायी शिक्षकहरुले असार २० गतेदेखि एक महिनासम्म मुख्यमन्त्री कार्यालय अगाडि धर्नासमेत दिएका थिए ।

प्रकाशित मिति: : 2019-11-05 12:54:56

प्रतिकृया दिनुहोस्