नेकपाले टुंगो लगायो सातै प्रदेश प्रमुखको नाम

फाइल तस्बिर:बिएल

नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ ।

सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । 

अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।

‘यद्यपि कुन प्रदेशका लागि के गर्ने भन्ने विषयमा सरकार र राष्ट्रपतिले निर्णय गर्नुहुन्छ,’ उनले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन्।

सरकारले आइतबार बेलुकी नै मन्त्रिपरिषद् बैठक डाकेर प्रदेश प्रमुख नियुक्तिको तयारी गरे पनि नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखका नाममा सहमति बन्न सकेको थिएन।

सचिवालयमा प्रदेश प्रमुख टु‌ंगो लगेपछि सोमबार मन्त्रिपरिषद् बैठक बसेर नियुक्तिको प्रक्रियाअघि बढाउने प्रवक्ता पौडेलले बताए ।

 

प्रकाशित मिति: : 2019-11-04 13:54:11

प्रतिकृया दिनुहोस्