समाजवादी पार्टीले टुंग्यायो उपनिर्वाचनका लागि उम्मेदवार, कास्कीमा धर्मराज गुरुङ पक्का

फाइल तस्बिर:बिएल

मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि समाजवादी पार्टीले उपनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उम्मेदवार टुंगो लगाएको छ ।

पार्टीको आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिले उम्मेदवारहरूको टुंगो लगाएको हो ।

अध्यक्ष डा. बाबुराम भट्टराईका अनुसार कास्की–२ मा धर्मराज गुरुङलाई उम्मेदवार बनाउन लागेको हो।कास्की २ मा नेकपाबाट विद्या भट्टराई, साझा पार्टीबाट रजनी केसी फाइनल भई सकेका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसको भने उमेदवार टुंगो लगाउँन बाँकी नै छ ।

 प्रदेशबाट सिफारिस भएका ३ जना किरण थापा, रामबहादुर नेपाली र धर्मराज गुरुङमध्ये धर्मराजलाई समाजवादीले फाइनल गरेको हो ।

यस्तै, बाग्लुङ २ (ख)मा अशोककुमार बिक र दाङ ३ (ख) मा डिल्लीबहादुर डाँगीलाई उम्मेदवार बनाउने भएको छ ।

भक्तपुर (ख) बाट भने को उठ्ने अझै  टुंगो लागिसकेको छैन् ।

प्रकाशित मिति: : 2019-11-03 12:30:25

प्रतिकृया दिनुहोस्