शनिबार, १२ जुलाई २०२५

करिब १७०० रोपनीमा लगाइएको गाँजा खेती नष्ट

News Image
तस्बिरः बिएल
• • •

लागू औषध व्यूरोले करिब १७ सय रोपनीमा लगाइएको गाँजा नस्ट गरेको छ।

लागूऔषध नियन्त्रण गर्ने सिलसिलामा विशेष सूचनाको आधारमा प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाको नेतृत्वमा खटिएको १२५ जनाको प्रहरी टोलीले सोमबार काठमाडौंको गोकर्णेश्वर न.पा. वडा नं -१ स्थित चिलाउने, गैरीगाउँ, माझगाउँ, कुने, खत्रीटोल आदि ठाउँमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको हो।

उक्त अवैध गाँजा फडानी गर्ने कार्य विहान ९ बजेबाट शुरु भई साँझ ५ बजे सम्म सञ्चालन रहेको प्रहरीले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?