भूकम्पको हल्ला चलाउने ज्योतिषी अर्जुन क्षेत्री पक्राउ

ज्योतिषी अर्जुन क्षेत्री

देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिष’ अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधारणलाई भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय क्षेत्रीलाई राजधानीको गौशालाबाट मंगलबार नियन्त्रणमा लिएको हो।

उनले यूट्यूव भिडियोमार्फत यही जेठ महिनाभित्र विनासकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए।

कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित मिति: : 2019-06-04 16:04:25

प्रतिकृया दिनुहोस्