पोर्चुगलमा अर्का एक नेपालीले भन्नुपर्यो- अलविदा !

नेपालको जन्म ...पोर्चुगलको मरण ! कसले के भन्न सक्छ र ? एक प्रतिकात्मक तस्बिर ।

पोर्चुगलमा एक नेपाली युवकको दुर्घटनामा परी ज्यान गएको छ । पोर्चुगलको राजधानी लिस्वनदेखि करिव तीसय किलोमिटर टाढा बेजाको भिलानोभु मिल्फन्तोसमा साइकलमा सवार ३७ वर्षीय वर्षिय रमेशकुमार रिजालको मोटरसाईकलले दिदाँ ज्यान गएको हो ।

गत शुक्रवार राती करिव दश बजे साइकलवाट रुम तर्फ जादै गर्दा विपरीत दिशावाट आएको मोटरसाईकलले ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल चालक पोर्चुगीज नागरिक डेल्नेस गम्भीर घाईते भएका छन् उनको उपचार भइरहेको छ ।

दुर्घटनामा ज्यान गुमाउने रिजालको थातथलो नेपालको गुल्मी मुसिकोट नगरपालिका बडा नंम्बर ६ हो । उनी विगत एक बर्षदेखि पोर्चुगल बस्दै आएका थिए ।

घटनाको वारेमा जानकारी लिन र दाहसंस्कारको लागि आवश्यक कागजीप्रकृया पूरा गर्नको लागि एनआरएनए पोर्चुगलका अध्यक्ष कुवेर कार्की घटनास्थल पुगेका थिए । 'शवको दाहसंस्कारको विषयमा परिवारका सदस्यहरुसँग कुराकानी भएको छ' अध्यक्ष कार्कीले भने- 'पोर्चुगलमैै दुई,तीन दिनमा दाहसंस्कार गरिने छ ।'

रिजाल पोर्चुगलमा यो वर्ष विभिन्न कारणले ज्यान गुमाउने चौथो नेपाली हुन्।

प्रकाशित मिति: : 2019-06-04 07:28:07

प्रतिकृया दिनुहोस्