डडेल्धुरापरशुराम नगरपालिका-१ सलौन निवासी वीरेन्द्र धामी दिल्लीमा उपचार गराइरहेका छन्।
गत महिना दिल्लीको सडक दुर्घटनामा परि टाउकोमा गम्भीर चोट लागेका उनी एम्सको ट्रमा सेन्टरमा उपचार गराइरहेका छन्।
अस्पतालकै क्यान्टीनमा कार्यरत बैतडीका दिपक चन्दले शुरूवाती समयमा उनको हेरचार, खोजखबर र पीडितलाई भौतिक सहयोग गरेका थिए।
चार महिना पहिले रोजगारीको खोजीमादिल्ली आएका धामी छत्तरपुर दिल्लीस्थित एक होटलमा कार्यरत थिए।
श्रीमती र छोरालाई नेपालमा छोडेर रोजगारीका लागि दिल्ली आएका उनी अहिले दिल्लीमा अचेत अवस्थामा उपचार गराइरहेका छन्।
उनको टाउकाको एक भागमा गम्भीर चोट लागेको छ। त्यसको उपचार भनेकै अपरेशन हो। एम्स ट्रमा सेन्टर न्यूरो विभागका अनुसारअहिले धामीको मानसिक तथा शारीरिक अवस्था असामान्य भएकाले तत्काल अपरेशन गर्न मिल्दैन।
चोट लागेको ठाउँमा पेल्विकदेखि बोन ग्राफटिङ गरि थिचिएको भागको उपचार गर्नुपर्ने हुन्छ।
पीडितको पूर्ण रूपमा होस आएपछि मात्र टाउकाको ठूलो अपरेशन गर्न मिल्ने अस्पतालले जनाएको छ।
दुर्घटना पश्चात अचेत अवस्थामा रहेका पीडितका आफन्तको खोजीका लागि सामाजिक संजाल मार्फत खोजी अभियानसमेत चलाइएको थियो।
यसका लागि दिल्ली एनसीआरमा सक्रिय संघ संस्थाहरुले सहयोग गरेका थिए।
अहिले धामीलाई उनकी दिदीले हेरविचार गरिरहेकी छन्। आफैं गरिबीको चपेटामा रहेकी दिदी निर्मलालाई भाइको देखरेख र उपचार खर्च जुटाउन कठिन परेको बताउँछिन्।
पीडितको आर्थिक अवस्था नाजुक रहेकालेकेहीसंघ संस्थाहरुले आर्थिक तथा भौतिक सहयोग गर्ने अभियान सुरू गरेका छन्।
अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सदस्य मदन सिंह धामीद्वारा सुरुवात गरिएको यस सहयोग अभियानको पहिलो चरणमा बैंगलोरदेखि यादव बोहरा, आकाश विष्ट, राम दत्त भट्टराई, भरत विष्ट, शिवी विष्टले आर्थिक सयोग गरेका छन्।
साथै दिल्ली एनसीआरबाट नेकपा डडेल्धुरा जिल्ला सचिवालय सदस्य शुसिल बोगटी, अखिल भारत नेपाली एकता मंच केन्द्रीय सचिव आर वी खड्का, परशुराम नगर कार्यपालिका सदस्य दुरा खाती, मेचि महाकाली जागरण अभियानका महासचिव सुरेन्द्र बोहरा, एकता मंच फरिदावाद नगर समिति उपाध्यक्ष दिपक बोहरा, युवा व्यवसायी मोहन विष्ट, समाजसेवी कृष्ण बोहराले चन्द्र कान्त थलाल मार्फत आर्थिक सहयोग गरेको मदन सिंह धामीले बताए।
पीडि़त विरेन्द्र धामीको जीवन रक्षार्थ भारतको कुनै पनि राज्य अथवा देश विदेशमा रहने आम नेपालीहरुलाई आफू सक्दो आर्थिक सहयोग गर्नका लागि अभियानकर्ताहरुले नेपाली समाजमा अनुरोध समेत गरेका छन्।