काठमाडौं, जेठ १७
उद्यमी प्रभाकर शम्शेर राणाको निधन भएको छ। अमेरिकाको न्यूयोर्कमा उपचार गराइरहेका राणाको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको हो।
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडर्सका संस्थापकसमेत रहेका राणा केही समय अघिदेखि बिरामी थिए।
ढाडमा समस्या देखिएपछि विगत ११ महिनादेखि अमेरिकामा उपचाररत उनी काठमाडौंको होटल सोल्टी, सिप्रदी, सूर्य नेपाल, भोटेकोशी र अमरावती इन्टरनेशनललगायतका कम्पनी स्थापना र सञ्चालक हुन्।
पूर्वराजा ज्ञानेन्द्र र नेपालको राजपरिवारसँग व्यवसायिक साझेदारीसमेत गरेका राणाले नेपालको आर्थिक विकासको क्षेत्रमा ठूलो योगदान दिएका छन्। नेपालको पहिलो अन्तर्राष्ट्रिय स्तरको होटल सोल्टीमा पनि ज्ञानेन्द्रसँग राणाको साझेदारी छ।