शनिबार, १२ जुलाई २०२५

काठमाडौंमा मुसलधारे पानी, ३ दिन पानी पर्ने

News Image
तस्बिरः बिएल
• • •

नेपालको राजधानी काठमाडौंमा बुधबार अपरान्ह मुसलधारे पानी परेको छ । साँझ ५ बजेदेखि परेको पानी राती पनि पर्ने मौसम पुर्वानुमान महाशाखाले गरेको छ। केही दिनदेखि उपत्यकामा बढेको गर्मीले निशासिएका राजधानीवासीलाई बुधबारको पानीले केही राहत दिएको छ।

पानी तिन दिन दिनसम्म पर्ने महाशाखाको अनुमान छ।

महाशाखाले ब्रेक एन लिंक्सलाई दिएको जानकारीअनुसार जेष्ठ १६ गते विहिबार पनि दिउँसो देशको पूर्वी भूभागमा आशिंक बदली भई पानी पर्ने बताएको छ। शुक्रबार पनि पानी पर्ने क्रम जारी रहने महाशाखाले बताएको छ।

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?