शनिबार, १२ जुलाई २०२५

काठमाडौंमा चारजनाको ज्यान जाने गरी भएको बम बिस्फोटपछिका तस्बिर र भिडियो

News Image
तस्बिरः बिएल
• • •

काठमाडौंको घट्टेकुलो र सुकेधारामा भएको छुट्टाछुट्टै बम विस्फोटमा परी चारजनाको ज्यान जानुका साथै आधा दर्जन घाइते भएका छन्। घटनापछि सुरक्षाकर्मीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ।

सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा थप चेक जाँच गरिरहेको छ।

ती स्थानमा अरू पनि बिस्फोटक पदार्थ हुन सक्ने आशंकामा सेनाले नियन्त्रणमा लिएर जाँच गरिरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुबै स्थानमा बम पड्किएको हो।

प्रहरीले घट्टेकुलोबाट विप्लव माओवादीका पर्चासमेत फेला पारेको छ।

घटनामा परी विप्लव माओवादीका विद्यार्थी नेता रविन केसी घाइते भएका छन्। उनी त्रिचन्द्र कलेजमा विप्लव माओवादीको विद्यार्थीका अध्यक्ष हुन्।

विप्लव माओवादीले जेठ १३ गते नेपाल बन्द आह्वान छ। त्यसैको पूर्वसन्ध्यामा बम बनाउने तयारी गरिरहेका बेला बिस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

यसैगरी सुकेधारामा भएको विस्फोटमा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीले दुवै घटना नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सोमबारका लागि आह्वान गरेको नेपाल बन्दको तयारीका लागि विस्फोटक पदार्थ तयार गर्न क्रममा घटना भएको हुन सक्ने जनाएको छ। मृतक तीनै जनाको सनाखत हुन सकेको छैन। घाइतेको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?