भारतमा मोदी ‘म्याजिक’, मुस्लीम महिलाले छोराको नाम नै राखिदिइन मोदी

तस्बिरः एजेन्सी

भारतमा आज–भोली प्रधानमन्त्री नरेन्द्र मोदीको क्रेज यति माथि चुलिएको छ। उनको व्यक्तित्वबाट हिन्दु मात्र होइन, मुस्लीम समुदाय पनि मोहित हुन थालेका छन्।

उनको व्यक्तित्वलाई लिएर सबैलाई चकित तुल्याउने एउटा घटना हालै उत्तर प्रदेशमा देखिएको छ। भारतको संसदीय निर्वाचनमा मोदीले नेतृत्व गरेको भारतीय जनता पार्टी (बिजेपी) ले कीर्तिमानी बहुमत ल्याएपछि यसको असर मुस्लीम समुदायमा देखिन थालेको हो।

बिजेपीले प्रचण्ड बहुमतसहित चुनाव जितेको दिन २३ मेमा उत्तर प्रदेशको गोन्डा जिल्लामा एक मुस्लीम परिवारमा बच्चाको जन्म भएको थियो। परिवारले त्यो बच्चाको नाम नै प्रधानमन्त्रीको नामबाट नरेन्द्र दामोदर दास मोदी राखिदिएका छन्।

बच्चाको नाम मोदी राख्न पहिले परिवारले अनुमति दिएका थिएनन्। तर, बच्चाकी आमाले आफ्नो छोराको नाम मोदी कायम गरेर छाडिन्।

वजीरगञ्ज इलाकामा भएको यो घटना अहिले पुरै भारतमा डडेँलो सल्किएझै फैलिएको छ। बच्चाकी आमाको अनुरोधलाई पहिले घरका सदस्यले मानेका थिएनन्। तर, दुबईमा बैदेशिक रोजगारीमा गएका उनका श्रीमानले छोराको नाम नरेन्द्र दामोदर दास मोदी राख्न स्विकृति प्रदान गरेपछि आमाको मनोकामना पुरा भएको थियो।

प्रकाशित मिति: : 2019-05-26 18:50:59

प्रतिकृया दिनुहोस्